वैभवले बनाए नयाँ कीर्तिमान, बेंगलुरुको लज्जास्पद रेकर्ड
सारांश
- राजस्थान रोयल्सले गुवाहाटीमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ६ विकेटले पराजित गर्दै आईपीएलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ।
- वैभव सूर्यवंशीले १८ बलमा अर्धशतक प्रहार गर्दै आईपीएल इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्।
- बेंगलुरु २०० भन्दा बढी रन बनाएर पनि खेल हार्ने मामिलामा आईपीएलको खराब रेकर्डको बराबरी गर्न पुगेको छ।
गुवाहाटी । १५ वर्षीय युवा सनसनी वैभव सूर्यवंशीको विष्फोटक ब्याटिङ र ध्रुव जुरेलको उत्कृष्ट साथमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। शुक्रबार राति गुवाहाटीको बरसापारा क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थानले साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुलाई ६ विकेटले पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको हो।
बेंगलुरुले दिएको २०२ रनको चुनौतीपूर्ण लक्ष्य राजस्थानले १८ ओभरमै मात्र ४ विकेट गुमाएर पूरा गर्दा मैदानमा कीर्तिमानको वर्षा नै भयो। राजस्थानको जितमा वैभव सूर्यवंशीले १८ बल भित्रै अर्धशतक प्रहार गरेर आईपीएल इतिहासमा नयाँ मानक स्थापित गरे।
१८ बलभन्दा कममा तीनवटा अर्धशतक प्रहार गर्ने उनी पहिलो खेलाडी बनेका छन् भने १५ बलमै अर्धशतक पूरा गरेको यो उनको दोस्रो अवसर हो। वैभव र ध्रुव जुरेलले मात्र ३७ बलमा १०८ रनको साझेदारी गर्दै प्रति ओभर १७.५१ को रनरेटमा रन जोडेका थिए। यो आईपीएल इतिहासकै दोस्रो द्रुत गतिको शतकीय साझेदारी हो। राजस्थानले पावरप्लेमा ९७ रन जोडेर आफ्नो आईपीएल इतिहासकै सबैभन्दा ठूलो योगफल समेत तयार गर्यो।
हारसँगै बेंगलुरुले आईपीएलमा एक खराब रेकर्ड आफ्नो नाममा लेखाएको छ। २०० भन्दा माथिको स्कोर डिफेन्ड गर्न नसकेर खेल हार्ने मामिलामा बेंगलुरु अहिले पञ्जाब किंग्ससँगै शीर्ष स्थानमा पुगेको छ। बेंगलुरुले हालसम्म ७ पटक २०० प्लस रन बनाएर पनि खेल गुमाएको छ।
खेलमा बेंगलुरुका लागि छैटौँ विकेट खसेपछि १०७ रन थपिएको थियो, जुन आईपीएल इतिहासमै पुच्छारका ब्याटरहरूले जोडेको दोस्रो उच्च योगफल हो। यद्यपि, वैभवको ३०० भन्दा माथिको स्ट्राइक रेटको अगाडि बेंगलुरुका बलरहरूको केही सीप लागेन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण