लयमा रहेको पञ्जाबसँग भिड्दै हैदरावाद
सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पञ्जाब किंग्स र सनराइजर्स हैदरावादबिच न्यु चण्डीगढमा प्रतिस्पर्धा हुँदैछ।
- पञ्जाबले हालसम्म खेलेका तीनमध्ये दुई खेलमा जित हासिल गरेको छ भने हैदरावादले तीन खेलमा एक जित मात्र निकालेको छ।
- महाराजा यादविनन्द्र सिंह स्टेडियमको पिच ब्याटिङका लागि अनुकूल मानिएको छ र आजको खेलमा वर्षाको सम्भावना निकै कम रहेको छ।
चण्डीगढ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुईवटा खेल खेलिनेछ। दिनको पहिलो खेलमा पञ्जाब किंग्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुनेछ।
यो खेल पञ्जाबको घरेलु मैदान न्यु चण्डीगढस्थित महाराजा यादविनन्द्र सिंह स्टेडियममा दिउँसो ३:४५ बजे सुरु हुनेछ । दुवै टोलीका लागि यो सिजनको चौथो खेल हो।
पञ्जाबले यसअघि खेलेका ३ मध्ये २ खेलमा जित हात पारेको छ भने कोलकाता नाइट राइडर्सविरुद्धको पछिल्लो खेल वर्षाका कारण रद्द भएको थियो। यता, हैदरावादले खेलेका ३ खेलमध्ये २ मा हार व्यहोरेको छ भने एउटामा मात्र जित निकालेको छ।
यसैगरी, दिनको दोस्रो खेलमा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स भिड्नेछन्।
- हेड-टु-हेड
पञ्जाब र हैदरावादबिचको हेड-टु-हेड रेकर्ड हेर्दा भने हैदरावाद निकै बलियो देखिएको छ। आईपीएलमा यी दुई टोलीबिच हालसम्म कुल २४ वटा खेल भएका छन् जसमा हैदरावादले १७ खेल जितेको छ भने पञ्जाबले मात्र ७ खेल आफ्नो पोल्टामा पारेको छ।
पछिल्ला ४ भेटमा लगातार हैदरावादले बाजी मारेको छ। पञ्जाबले हैदरावादलाई अन्तिम पटक सन् २०२३ को सिजनमा हराएको थियो। आईपीएल २०२५ मा यी दुई टोलीबिच भएको एक खेलमा हैदरावाद ८ विकेटले विजयी भएको थियो।
पञ्जाबका लागि कूपर कोनोलीले उत्कृष्ट ब्याटिङ गरिरहेका छन्। पछिल्लो खेलमा वर्षाका कारण उनको ब्याटिङ पालो आएको थिएन तर त्यसअघिका दुई खेलमा उनले कुल १०८ रन बनाइसकेका छन्। बलिङतर्फ विजयकुमार वैशाख पञ्जाबका प्रमुख विकेट टेकर हुन्।
यता हैदरावादका हेनरिक क्लासेन उत्कृष्ट फर्ममा छन्। उनले पछिल्ला दुवै खेलमा अर्धशतक प्रहार गरेका छन्। लखनउ सुपर जायन्ट्सविरुद्धको पछिल्लो खेलमा उनले ४१ बलमा ६२ रन बनाएका थिए भने त्यसअघि कोलकाताविरुद्ध ५२ रनको पारी खेलेका थिए।
उनले हालसम्म कुल १४५ रन बनाइसकेका छन् र यस खेलमा पनि उनले मिडल अर्डर सम्हाल्ने अपेक्षा गरिएको छ। बलिङमा हैदरावादका हर्ष दुबे अगाडि छन् जसले ३ खेलमा ४ विकेट लिएका छन्।
- पिच रिपोर्ट
महाराजा यादविनन्द्र सिंह स्टेडियमको पिच ब्याट्सम्यानका लागि अनुकूल मानिन्छ। यस मैदानमा हालसम्म १२ वटा आईपीएल खेल खेलिएका छन् जसमा पहिले ब्याटिङ गर्ने टोलीले ६ पटक र चेज गर्ने (दोस्रो ब्याटिङ गर्ने) टोलीले ६ पटक जित हात पारेका छन्।
यहाँको उच्च स्कोर २२८/५ हो जुन गत वर्ष मुम्बई इन्डियन्सले गुजरात टाइटन्सविरुद्ध बनाएको थियो। पञ्जाब र हैदरावादबिच न्यु चण्डीगढमा यो दोस्रो भेट हो। यसअघि सन् २०२४ मा यस मैदानमा भएको खेलमा हैदरावाद २ रनले विजयी भएको थियो।
- मौसम पूर्वानुमान
आज चण्डीगढको मौसम गर्मी रहने अनुमान गरिएको छ। यहाँको तापक्रम १७ देखि ३२ डिग्री सेल्सियसको बिचमा रहनेछ। आकाशमा हल्का बादल लाग्ने भएकाले केही राहत महसुस हुन सक्नेछ र यस खेलमा वर्षाको सम्भावना भने निकै कम रहेको छ।
- दुवै टोलीका सम्भावित १२ खेलाडीहरू :
पञ्जाब किंग्सको तर्फबाट विकेटकिपर प्रभसिमरन सिंह, कप्तान श्रेयस अय्यर, कूपर कोनोली, नेहाल वढेरा, शशांक सिंह, मार्कस स्टोइनिस, मार्को यानसन, जेभियर बार्टलेट, विजयकुमार वैशाख, अर्शदीप सिंह, युजवेन्द्र चहल र प्रियांश आर्य खेल्ने सम्भावना छ।
त्यसैगरी सनराइजर्स हैदरावादको तर्फबाट ट्राभिस हेड, अभिषेक शर्मा, कप्तान तथा विकेटकिपर ईशान किशन, हेनरिक क्लासेन, लियाम लिभिङस्टोन, अनिकेत वर्मा, नितिश कुमार रेड्डी, हर्ष दुबे, शिवांग कुमार, हर्षल पटेल, जयदेव उनादकट र ईशान मलिंगा मैदानमा उत्रिन सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण