विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध गर्ने निर्णयको नेकपाद्वारा विरोध
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कलेज र कार्यस्थलमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि लगाइएको प्रतिबन्धको विरोध गरेको छ।
- नेकपाको जारी केन्द्रीय कार्यसंयोजन समितिको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक समायोजनका विषयमा छलफल भइरहेको छ।
- पार्टीको आगामी कार्ययोजना र रणनीति तय गर्न अर्को बैठक वैशाख ३ गते बस्ने निर्णय गरिएको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यसंयोजक समितिको बैठकले कलेजहरूमा विद्यार्थी संगठन र कार्यस्थलमा ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणाको विरोध गरेको छ। विगत सात दिनदेखि निरन्तर चलिरहेको बैठकका विषयमा जानकारी दिँदै नेता जगन्नाथ खतिवडाले यस्तो कदमले नागरिक र श्रमिकहरूको अधिकार कुण्ठित गर्ने भएकाले पार्टी यसको विपक्षमा उभिने निर्णयमा पुगेको बताएका हुन्।
पार्टीको ४५ सदस्यीय केन्द्रीय कार्यसंयोजन समितिमा अहिलेसम्म ४३ जना नेताहरूले आ–आफ्नो धारणा राखिसकेका छन्। दैनिक केही घण्टा मात्रै बसेर लम्बिएको यो बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, नयाँ सरकारको कार्यशैली र एकीकृत पार्टीको कमिटी समायोजनका विषयमा छलफल भइरहेको छ।
नेता खतिवडाका अनुसार अहिलेसम्मका छलफलहरू विचार विमर्शकै चरणमा रहेकाले औपचारिक प्रस्तावका रूपमा कुनै पनि निर्णय पारित भइसकेका छैनन् । नयाँ वर्षको चटारो र आन्तरिक गृहकार्यका लागि केही दिन समय चाहिएकाले अबको बैठक वैशाख ३ गते बस्ने तय भएको छ।
सोही बैठकले पार्टीको आगामी कार्ययोजना र साङ्गठनिक समायोजनको ठोस खाकालाई अन्तिम रूप दिने बताइएको छ। नेता खतिवडाले वैशाख ३ वा ४ गतेभित्र बैठक औपचारिक रूपमा समाप्त हुने र त्यसपछि पार्टीका आगामी रणनीतिहरू सार्वजनिक गरिने जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण