कास्कीमा फरार प्रतिवादी धमाधम पक्राउ पर्दै
कास्की । जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ । विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले सक्रियता बढाएको हो ।
अभियानअन्तर्गत शुक्रबार मात्रै दश जना फरार प्रतिवादीलाई पक्राउ गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । यस्तै, गत बिहीबार चेक अनादर कसुरमा ९ जना र मङ्गलबार चेक अनादर र चोरी मुद्दामा गरी ६ जना फरार प्रतिवादी पक्राउ परेका थिए ।
शुक्रबार पक्राउ परेकामध्ये चेक अनादर कुसरमा ७, बैंकिङ कसुरमा १ जना र केही सार्वजनिक कसुरमा १ जना रहेको बस्नेतले बताए । पक्राउ परेकाबाट ७ दिन कैद सजाय र रु १४ लाख २९ हजार २०० जरिवाना असूल हुने गरी कास्की जिल्ला अदालतमा बुझाइएको उनले जानकारी दिए ।
गत मङ्लबार पक्राउ पर्नेमा चेक अनादर मुद्दाका पाँच र चोरी मुद्दाका एक फरार प्रतिवादीबाट एक वर्ष कैद र रु १६ हजार रुपैयाँ जरिवाना असुल उपर हुने जनाइएको छ । चेक अनादर कुसरमा गत बिहीबार पक्राउ परेका ९ जनाबाट सात दिन कैद सजाय र रु ६४ हजार ८०० जरिवाना असुल हुनेगरी जिल्ला अदालतमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण