विपन्न र दुर्गमका बिरामीलाई काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार सेवा
काठमाडौं । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न काठमाडौं मेडिकल कलेज (केएमसी) ले विशेष सहुलियत कार्यक्रम ल्याएको छ। भक्तपुरको दुवाकोटस्थित केएमसीले देशका विभिन्न दुर्गम जिल्लाका अति विपन्न नागरिकलाई लक्षित गरी पूर्ण वा आंशिक छुटमा उपचार सेवा प्रदान गर्ने घोषणा गरेको हो।
पूर्व प्रतिनिधिसभा सदस्य समेत रहेका डा. सुनिल कुमार शर्माको विशेष पहलमा यो सेवा सुरु गरिएको हो। डा. शर्माका अनुसार मोरङ जिल्ला सहित देशका अति दुर्गम र आर्थिक रूपमा कमजोर क्षेत्रका बिरामीहरूलाई यो सेवामा प्राथमिकता दिइनेछ।
जसअनुसार कर्णाली र लुम्बिनी प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालीकोट, रोल्पा, रुकुम र सल्यानका विपन्न बिरामीले यो सुविधा पाउनेछन्। त्यसैगरी, कोशी प्रदेशका सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र ताप्लेजुङ तथा बागमती र गण्डकीका दोलखा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र गोरखा जिल्लाका बिरामीहरू पनि यसबाट लाभान्वित हुनेछन्।
यी जिल्लाका बिरामीहरूले केएमसीको सुपरस्पेसियालिटी अस्पताल, दुवाकोटमा आफ्नो आर्थिक अवस्था मूल्याङ्कनका आधारमा उपचारमा विशेष छुट वा पूर्ण निःशुल्क सेवा प्राप्त गर्नेछन्।
यो सुविधा लिन इच्छुक विपन्न बिरामीहरूले आफ्नो सम्बन्धित पालिका वा वडा कार्यालयबाट 'अनुसूची–२' बमोजिमको सिफारिस फाराम र अन्य आवश्यक कागजातसहित अस्पतालमा सम्पर्क गर्नुपर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण