स्वास्थ्य मन्त्रालयले मधेस प्रदेशका अस्पतालहरूको स्थलगत अनुगमन गर्ने
सारांश
- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मधेश प्रदेशका विभिन्न अस्पताल र वीरगञ्जस्थित नेसनल मेडिकल कलेजको सेवा प्रवाहबारे स्थलगत अनुगमन गर्ने भएको छ।
- मन्त्रालयले तोकिएको मापदण्ड र अस्पताल सेवा सुधार कार्यविधि, २०८२ पालना भए–नभएको जाँच गर्न दुई सदस्यीय टोली खटाएको छ।
- अनुगमन टोलीलाई सात दिनभित्र स्थलगत निरीक्षण गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमाथि परेका गुनासोहरू र मधेस प्रदेशका विभिन्न अस्पतालहरूको सेवा प्रवाहबारे स्थलगत अनुगमन गर्ने भएको छ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले चैत २७ गतेको मन्त्रालयस्तरीय निर्णयअनुसार एक टोली गठन गरी अनुगमनका लागि खटाएको हो।
अनुगमन टोलीमा उपचारात्मक सेवा महाशाखाका डा.फणिन्द्रप्रसाद बराल र गुणस्तर मापन तथा नियमन महाशाखाका मेडिकल ल्याव टेक्नोलोजिष्ट राजकुमार पाण्डे रहेका छन् । टोलीले नेसनल मेडिकल कलेजका विषयमा आएका उजुरीहरूको सत्यतथ्य बुझ्नुका साथै गजेन्द्रनारायण सिंह अस्पताल र नारायणी अस्पतालको पनि निरीक्षण गर्नेछ।
साथै, मधेस प्रदेशको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी जनकपुर र महोत्तरी लगायतका क्षेत्रमा रहेका प्रदेश स्तरीय अस्पतालहरूको समेत अनुगमन गरिनेछ।
विशेषगरी, मन्त्रालयबाट हालै जारी गरिएको ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ अनुसार अस्पतालहरूले सेवा प्रदान गरे/नगरेको र तोकिएको मापदण्ड पूरा भए/नभएको बारे टोलीले संलग्न चेकलिष्ट अनुसार स्थलगत जाँच गर्नेछ।
अनुगमन टोलीलाई आफ्नो कार्य सम्पन्न गरी ७ दिनभित्र मन्त्रालयमा प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण