ओलीको स्वास्थ्य ‘गडबडी’ नभए सोमबार अप्रेसन
सारांश
- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेमा सोमबार पित्तथैलीको शल्यक्रिया गरिने भएको छ।
- अस्पतालका अनुसार अहिलेसम्म गरिएका सबै स्वास्थ्य परीक्षणका रिपोर्टहरू सामान्य देखिएका छन्।
काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गडबडी नभए सोमबार पित्तथैलीको शल्यक्रिया गर्ने तयारी भएको छ । अस्पतालका अनुसार शुक्रबारसम्म सबै जाँच गर्दा रिपोर्टहरू नर्मल देखिएकाले सोमबारका लागि शल्यक्रिया गर्ने गरी तयारी गरिएको हो ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राध्यापक डा.सुवास आचार्यले पूर्व प्रधानमन्त्री ओलीको पित्त थैलीको शल्यक्रियाका लागि तयारी भइरहेको भन्दै सोमबारसम्म स्वास्थ्यमा कुनै उत्तारचढाव नआए सोही मितिमा गरिने बताए ।
‘रिपोर्टहरू नर्मल रहेका छन् । तर यो बिचमा कुनै उत्तारचढाव भएन भने सोमबार शल्यक्रियाको तयारी भएको छ’, डा.आचार्यको भनाइ छ । जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिस बमोजिम ओली गत चैत १४ पक्राउपछि अस्पताल भर्ना भएका थिए । तर उनलाई चैत २६ गते सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । थुनामुक्त भए पनि उनी त्रिवि शिक्षण अस्पतालमै उपचाररत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण