माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते
आइतबार, २९ चैत २०८२, २२ : १२
सारांश
- नवलपरासीको अरुण खोलामा बारुदजन्य पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा विस्फोट भएको छ।
- उक्त विस्फोटमा परी पाल्पाका दुई जना व्यक्ति गम्भीर घाइते भएका छन्।
- घाइते दुवै जनालाई उपचारका लागि पाल्पाको रामपुर अस्पताल लगिएको छ।
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुण खोलामा बारुदजन्य पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
आज साँझ माछा मार्ने क्रममा अचानक विस्फोट हुँदा पाल्पाको निस्दी गाउँपालिका–५ का ३८ वर्षीय खुमबहादुर सुनारी र ३५ वर्षीय रोमन सिंह खरु मगर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।
घाइते दुवैलाई गम्भीर चोट लागेकाले उपचारका लागि रामपुर अस्पताल, पाल्पा लगिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण