नवौँ गोलबजार मेयर गोल्डकपको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरलाई
सारांश
- गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिता ब्रदरहुड फुटबल क्लब उदयपुरले जित्यो।
- फाइनलमा उदयपुरले सहलेश युवा क्लब सिरहालाई २–१ गोलले हरायो।
- प्रतियोगितामा कोशी, मधेस र बागमती प्रदेशका आठ टोलीको सहभागिता थियो।
सिरहा । नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरले जितेको छ ।
आइतबार सम्पन्न फाइनल खेलमा सहलेश युवा क्लब सिरहालाई २–१ गोलअन्तरले पराजित गर्दै उदयपुरले उपाधि हात पारेको हो । उपाधि विजेता ब्रदरहुडले नगद चार लाख ४४ हजार ४४४ रुपैयाँ र ट्रफी प्राप्त गरेको छ भने उपविजेता सहलेश युवा क्लब सिरहाले नगद दुई लाख २२ हजार २२२ रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी उदयपुरका पुजन चौधरी घोषित भए । प्रतियोगिताका सर्वोत्कृष्ट गोलरक्षक, डिफेन्डर तथा सर्वाधिक गोलकर्तालगायत खेलाडीलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी, मधेस र बागमती प्रदेशका प्रतिष्ठित आठ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताका लागि नगरपालिकाले २५ लाख बजेट विनियोजन गरिएको नगरप्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण