चोरी भएका दुई पाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौँ । काठमाडाैँ उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा स्कुटर फेला पारी साेमबार सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको छ।
उपत्यकाका विभिन्न स्थानबाट हराएका सवारीसाधन खोजतलास गरी वास्तविक वा नक्कली नम्बर प्लेटमा १७ वटा स्कुटर र ३३ वटा मोटरसाइकल फेला पारेर आज एकैपटक सवारीधनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
उनले सवारी सुरक्षाका विषयमा सचेत रहन आग्रह गर्दै भने, “सवारीसाधनमा जिपिएस प्रणाली जडान गर्ने, बलियो लक प्रयोग गर्ने र सुरक्षित स्थानमा पार्किङ गर्ने बानी विकास गर्न जरुरी छ । यसले चोरीका घटना न्यूनीकरण गर्न मद्दत पुर्याउँछ ।”
यसैगरी, ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले हराएका सवारीसाधन खोज्न विशेष टोली परिचालन गरिएको जानकारी दिए । उनका अनुसार कतिपय सवारी नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालन भइरहेको अवस्थामा फेला पारिएका थिए। यस्ता गतिविधिमाथि कडा निगरानी राखिएको र दोषीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको पनि उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक महिनामै रौतहट प्रहरीले बरामद गर्यो १ करोड ४३ लाखभन्दा बढीको अवैध सामान
-
इतिहास रच्ने दाउमा कीर्तिमानी क्रिस्टियानो
-
रास्वपाले सार्वजनिक गर्यो महाधिवेशनको आधिकारिक लोगो
-
मकवानपुरका ४० भन्दा बढी औषधी पसल बन्द गर्न निर्देशन
-
प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै संसदमा विपक्षीको विरोध कायमै
-
विश्व फुटबलमा मेस्सीले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण