मुलुकमा फेरि आन्दोलन नहुने गरी काम गरिनुपर्नेमा स्रष्टाहरूको जोड
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति साहित्यकार बैरागी काइँलालगायत लोकतान्त्रिक जनआन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका स्रष्टाहरूले मुलुकमा फेरि आन्दोलन नहुने गरी काम गरिनुपर्नेमा जोड दिएका छन् ।
‘स्रष्टा चैत ३०’ द्वारा आयोजित ‘आन्दोलन, रूपान्तरण र सिर्जनात्मक हस्ताक्षेप’ विषयक विमर्श कार्यक्रममा साेमबार उनीहरूले राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनदेखि पछिल्लो आन्दोलनसम्म साहित्यकारहरूको कुनै न कुनै रूपमा भूमिका रहेको उल्लेख गर्दै अब मुलुकले स्थिरता र विकास हासिल गर्नुपर्नेमा जोड दिए ।
पूर्वकुलपति काइँलाले परिवर्तनका लागि आन्दोलित हुन सफल रहे पनि परिवर्तनपछि स्रष्टाहरूको दुरावस्था भएको उल्लेख गर्दै मुलुकले पनि सोचेजस्तो काँचुली फेर्न नसकेकाले पछिल्लो जेनजी आन्दोलन भएको टिप्पणी गरे । उनले राजनीतिक परिवर्तन भए पनि समाजको सांस्कृतिक र आन्तरिक संरचनामा परिवर्तन भई जनता समृद्ध हुनुपर्ने बताए।
वरिष्ठ साहित्यकार डा तुल्सीप्रसाद भट्टराईले आम नागरिकमा समस्या पहिचान गरेर सृजनामा लाग्न स्रष्टाहरूले उत्तिकै सक्रियता देखाउनुपर्ने बताए। कार्यक्रममा प्रा डा रमेशप्रसाद भट्टराई, कृष्ण धरावासी र हंसावती कुर्मीले साहित्यिक आन्दोलनको ऐतिहासिक पक्ष केलाउँदै राजनीतिक दल र सत्तामा पुग्ने शक्तिले जनताका मुद्दालाई छाडेमा साहित्यिक क्षेत्रले निरन्तर खबरदारी गर्नुपर्ने बताए ।
आयोजक ‘स्रष्टा चैत्र ३०’ अध्यक्ष मनोज न्यौपानेले नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका लागि स्रष्टाहरूले निरन्तर खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरे।
लोकतान्त्रिक जनआन्दोलनका क्रममा वि.सं. २०६२ चैत ३० गते गुरुकुल (आरोहण) बाट स्रष्टाहरूले ‘कफ्र्यु’ तोडेर निकालेको जुलुस पुरानो बानेश्वर चोक पुगी साहित्यिक कार्यक्रम गरिरहेको अवस्थामा तत्कालीन सरकारले दमन गरेको दिनको स्मरण गर्दै स्रष्टा सम्मान, आन्दोलनको अभिलेखीकरण, बौद्धिक बहसलगायत विविध कार्यक्रम गर्दै आइएको त्यस अवसरमा जानकारी दिइयो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण