के फिल्ममा फर्किन लागेका हुन् सलिनमान ?
मङ्गलबार, ०१ वैशाख २०८३, १२ : २३
सारांश
- अभिनेता सलिनमान बनियाले आठ वर्षको लामो मौनतापछि फिल्ममा फर्किने संकेत गरेका छन्।
- उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै नयाँ वर्षमा केही पुराना रङहरू फेरि जिउँदो पार्न खोजेको उल्लेख गरेका छन्।
काठमाडौँ । सलिनमान बनिया फिल्म ‘ए मेरो हजुर २’बाट अभिनेताका रूपमा डेब्यु गरेका थिए । पहिलो फिल्मबाटै राम्रो चर्चा र सफल हात पारेका उनले त्यसपछि ‘यात्राः अ म्युजिकल भ्लग’ अभिनय गरे । दुबै फिल्मबाट युवापुस्ताका दर्शकको रोजाइमा पर्न सफल उनी त्यसपछि फिल्म तथा सामाजिक सञ्जालबाट एकाएक हराए ।
अहिले भने उनले फिल्ममा फर्किन लागेको संकेत गरेका छन् । नयाँ वर्षमा सामाजिक सञ्जालमा एक तस्बिर सहित उनले पोस्ट गरेका छन् ,‘कहिलेकाहीँ दूरी अन्त्य होइन, तयारी हुन्छ । आठ वर्षको मौनता पछि, नयाँ वर्षले केही पुराना रङहरू फेरि जिउँदो पार्न खोज्दै छ ।’
उनको पोस्टले उनी फिल्मको तयारीमा रहेको बुझिएको छ । उनी कुन फिल्मबाट अभिनयमा फर्किन लागेको हो त्यो भने खुलाएको छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण