राजनीति
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
मङ्गलबार, ०१ वैशाख २०८३, १३ : ३७
सारांश
- नेपाली कांग्रेसले देशभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ।
- सभापति गगन कुमार थापाले काठमाडौंमा सदस्यता अद्यावधिक गर्दै 'जरा अभियान'को शुभारम्भ गरेका छन्।
- यो अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने र सदस्यहरूले वडामा पुगेर नवीकरण गर्नुपर्ने व्यवस्था छ।
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ। पार्टी सभापति गगन कुमार थापाले मंगलबार काठमाडौं महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको शुभारम्भ गरेका हुन् ।
क्रियाशील सदस्यता अध्यावधिक गर्ने र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानको रुपमा घोषणा गरेको छ।
संगठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले सुरु गरिएको जरा अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने सभापति थापाले जानकारी दिए ।
अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ।
पार्टीको सदस्यता अध्यावधिक गर्न आफ्नो वडामा आफै जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण