बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

छैटौँ कटारी गोल्डकपः शलेस युथ क्लब सेमिफाइनलमा प्रवेश

मङ्गलबार, ०१ वैशाख २०८३, २० : ५८
मङ्गलबार, ०१ वैशाख २०८३

उदयपुर। उदयपुरको कटारीमा शनिबारदेखि जारी छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप नकाउट फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा शलेस युथ क्लब, सिरहा सेमिफाइनलमा प्रवेश गरेको छ।

पाँचौँ कटारी गोल्डकपको उपविजेता बनेको शलेसले केराबारी फुटबल क्लब, मोरङलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।

खेलको पहिलो हाफमा सिरहाका लागि राज भुसालले गोल गर्दै अग्रता लिएका थिए । त्यसैगरी खेलको ७४औँ मिनेटमा नाईजेरियन खेलाडी फिलिप इजुनेले सिरहाका लागि दोस्रो गोल गरेका हुन्।

केराबारीले अवसर पाए पनि गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिनु परेको हो । आजको खेलको ‘म्यान अफ द म्याच’ सिरहाका भुसाल घोषित भएका छन् । नगरपालिकाका पूर्वउपप्रमुख भिमकुमारी राउतद्वारा भुसाललाई रु पाँच हजारका साथमा ट्रफी र मेडल प्रदान गरिएको छ।

कटारी नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले रु पाँच लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । त्यसैगरी उपविजेताले रु तीन लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

समितिका उपाध्यक्ष राजकुमार थापा क्षेत्रीका अनुसार आठ समूहको सहभागिता रहेको प्रतियोगिता यही वैशाख ५ गते सम्पन्न हुनेछ । प्रतियोगिताअन्तर्गत बुधबार (भोलि) पहिलो सेमिफाइनलमा आयोजक कटारी-११ र चात्या फुटबल क्लब झापावीच प्रतिष्पर्धा हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप