बिहारका मुख्यमन्त्री नीतीश कुमारले दिए राजीनामा
सारांश
- बिहारका मुख्यमन्त्री नीतीश कुमारले आफ्नो पदबाट राजीनामा दिएका छन्।
- राजीनामासँगै बिहारमा अब नयाँ सरकार गठनको बाटो खुलेको छ।
काठमाडौँ । बिहारका मुख्यमन्त्री तथा जनता दल (युनाइटेड) का वरिष्ठ नेता नीतीश कुमारले आफ्नो पदबाट राजीनामा दिएका छन् । लामो समयदेखि बिहारको सत्ता सम्हाल्दै आएका कुमारले मंगलबार राजीनामा दिएका हुन् ।
राजीनामापछि सामाजिक सञ्जाल एक्समा एक बयान जारी गर्दै उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले बिहारमा बन्ने नयाँ सरकारलाई आफ्नो ‘पूर्ण सहयोग र मार्गदर्शन’ रहने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो राजनीतिक घटनाक्रम नीतीश कुमार हालै बिहारबाट राज्यसभाका लागि सांसद पदमा निर्वाचित भएपछि आएको हो । उनले राज्यसभा सदस्यको रूपमा शपथ पनि लिइसकेका छन् ।
सन् २००० मा पहिलो पटक केवल सात दिनका लागि मुख्यमन्त्री बनेका नीतीश कुमारको बिहारमा लामो र प्रभावकारी शासनकाल सन् २००५ को नोभेम्बर महिनाबाट सुरु भएको थियो । आफ्नो २१ वर्ष लामो शासनकालमा बिहारमा गरेका सुधारका कार्यहरूका कारण उनलाई ‘सुशासन बाबु’ को उपनामले पनि चिनिन्थ्यो ।
यद्यपि, पछिल्ला केही वर्षहरूमा बारम्बार राजनीतिक गठबन्धन परिवर्तन गरेका कारण उनको वैचारिक प्रतिबद्धतामाथि प्रश्न उठ्दै आएको थियो र उहाँ आलोचित समेत बनेका थिए ।
नीतीश कुमारको राजीनामासँगै बिहारमा अब नयाँ सरकार गठनको बाटो खुलेको छ र आगामी राजनीतिक समीकरण कस्तो बन्नेछ भन्ने विषयमा चासो बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण