‘महाराजधिराज’मा ‘महारानी’को रूपमा भित्रिइन् केकी
सारांश
- चलचित्र 'महाराजधिराज'मा अभिनेत्री केकी अधिकारी 'महारानी'को भूमिकामा अनुबन्धित भएकी छन्।
- निर्देशक परिच्छेद सेनको निर्देशनमा बन्ने यस चलचित्रमा पुष्प खड्का, नीर शाह र आर्यन सिक्देललगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ।
- यो चलचित्रको छायाङ्कन वैशाखको दोस्रो साताबाट सुरु भई आगामी फूलपातीमा प्रदर्शन हुने तयारी रहेको छ।
काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’ मा ‘महारानी’को रूपमा केकी अधिकारी भित्रिएकी छन् । तीन दिनअगाडि आफ्नै चलचित्र ‘स्टेसन’ घोषणा गरेकी केकी ‘महाराजधिराज’मा अनुबन्ध भएकी हुन् ।
‘महाराजधिराज कि महारानीलाई सु–स्वागतम् । यहाँको उपस्थिति र हौसलाका निम्ति म हृदयदेखि नै कृतज्ञ छु,’ ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले भनेका छन् ।
केही दिनअगाडि मात्रै यो चलचित्रको मुख्य भूमिकामा पुष्प खड्का अनुबन्धित भएका थिए । निर्माण पक्षले नयाँ वर्षको अवसर पारेर पुष्पलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिँदै चलचित्रको पोस्टर समेत सार्वजनिक गरेको थियो ।
लामो समयदेखि ‘महाराजधिराज’मा राजाको भूमिका कसले निर्वाह गर्ला भन्ने कौतुहलतालाई मेटाउँदै निर्माण टिमले पुष्पको नाम र पोस्टर सार्वजनिक गरेको थियो ।
यही वैशाखको दोस्रो साता पछिबाट छायाङ्कनमा जाने तयारीमा रहेको चलचित्रको लाइनअप निर्देशक परिच्छेद सेनले निकै बलियो बनाएका छन् । परिच्छेद सेनको निर्देशनमा निर्माण हुन लागेकोचलचित्रमा पुष्पका साथै नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, केकी अधिकारी, वर्षा राउत, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायत कालाकार छन् ।
निर्देशक सेनको ड्रिम प्रोजेक्ट रहेको ‘महाराजधिराज’मा अन्य ८० जना कलाकार रहनेछन् । पुराना र नयाँ पुस्ताका कलाकारहरूको मिश्रण देखाउन ‘महाराजधिराज’ टिमले स्टारकास्टलाई अनुबन्ध गरेको छ ।
‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले कलाकारको बलियो लाइनअप अनुसार नै सिनेमा पनि बलियो बजाउने उनले प्रस्ट पारे ।
चलचित्रको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा चलचित्र खिचिनेछ । नबराज थापाले यस चलचित्रलाई क्यामरामा कैद गर्नेछन् ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ । चलचित्रका निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शनको तयारी रहेको निर्माण टिमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण