बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘कमेडी दरबार ३’ को ‘महाराज’ अवतारबारे विवाद, मनोज गजुरेलले मागे माफी

बिहीबार, ०३ वैशाख २०८३, १३ : ५७
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • हास्यकलाकार मनोज गजुरेलले 'कमेडी दरबार ३'मा प्रयोग गरिएको 'महाराज' पात्रको पोशाकलाई लिएर उत्पन्न विवादप्रति माफी मागेका छन्।
  • उनले उक्त पोशाक मार्फत कसैको भावनामा चोट पुर्‍याउने आफ्नो उद्देश्य नरहेको स्पष्ट पारेका छन्।

काठमाडौँ ।  हास्यकलाकार मनोज गजुरेलले ‘कमेडी दरबार ३’का लागि प्रयोग गरिएको ‘महाराज’ पात्रको पोशाकलाई लिएर उत्पन्न विवादप्रति माफी मागेका छन् । उनले सामाजिक सञ्जालमार्फत एक स्पष्टीकरण सार्वजनिक गर्दै उक्त पोशाक मार्फत कसैको भावनामा चोट पुर्‍याउने आफ्नो उद्देश्य नरहेको स्पष्ट पारेका हुन् ।

केही दिनअघि ‘कमेडी दरबार ३’को प्रचारका लागि सार्वजनिक गरिएको तस्विरमा गजुरेलले श्रीपेचसहितको ‘महाराज’को पोशाक लगाएका थिए । उक्त पोशाक र प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी र आलोचना भएपछि उनले यसबारे आफ्नो धारणा राखेका हुन् ।

‘हाम्रो उद्देश्य कसैको मान–मर्दन गर्ने वा भावनामा चोट पुर्‍याउने कदापि थिएन’,  गजुरेल भन्छन् ‘कार्यक्रमको ‘थिम’ अनुसार, कमेडी दरबार टिमले एउटा काल्पनिक चरित्रका रूपमा मात्र उक्त पात्रलाई प्रस्तुत गरेको थियो । तर, सार्वजनिक संवेदनशीलताका विषयमा हाम्रो तर्फबाट कमी–कमजोरी हुन गएमा खुला हृदयले क्षमा माग्दछौं ।’

गजुरेलले आगामी दिनमा नेपालका सांस्कृतिक गरिमा, ऐतिहासिक धरोहर र राष्ट्रिय सम्पदाका विषयमा हास्यव्यङ्ग्य गर्दा थप सचेत र जिम्मेवार रहने समेत जानएका छन् । देश र समाजलाई जोड्ने साझा तथा समावेशी कलाकारिता नै आफ्नो मुख्य लक्ष्य रहेको उनको भनाइ छ ।

उनले आफ्ना कमजोरी औंल्याएर सचेत गराउने सम्पूर्ण शुभेच्छुकहरू प्रति आभार आभार व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप