पटक–पटक हुने मूल्यवृद्धिको सट्टा वैकल्पिक व्यवस्था मिलाउन यातायात व्यवसायीको माग
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा भइरहेको पटक–पटकको मूल्यवृद्धिको विरोध गर्दै तत्काल वैज्ञानिक भाडा समायोजन गर्न वा बढेको मूल्य फिर्ता लिन सरकारसँग माग गरेको छ ।
महासंघले विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा बढेको तनावका कारण देखाउँदै नेपाल आयल निगमले डिजेल र पेट्रोलमा गरेको भारी मूल्यवृद्धिले सार्वजनिक यातायात क्षेत्र धराशायी बन्ने अवस्था आएको बताएको छ । विज्ञप्तिमा उल्लेख भए अनुसार मिति चैत २७ र वैशाख २ मा भएको मूल्यवृद्धिका कारण सार्वजनिक यातायात र मालवाहक सवारी साधन सञ्चालन गर्न निकै कठिन भएको छ ।
विगत २०६५ सालदेखि लागू गरिएको ‘वैज्ञानिक भाडा समायोजन प्रणाली’ अनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा बढीले थपघट हुँदा भाडा पनि सोही अनुरूप समायोजन हुनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुरूप तत्काल भाडा समायोजन गर्न वा मूल्यवृद्धि फिर्ता लिन महासंघले जोडदार माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आयल निगमबाट पटक–पटक हुने मूल्यवृद्धिको सट्टा वैकल्पिक व्यवस्था मिलाउन हामी सरकारसँग माग गर्दछौँ ।’
यसैबीच, महासंघले देशभरका आफ्ना सदस्य संघ, समिति र कम्पनीहरूलाई इन्धन खपत कम गर्न र घाटा न्यूनीकरणका लागि आपसमा सहकार्य गर्न आग्रह गरेको छ । व्यवसायीहरूलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न, सरकारले तोकेको भाडा मात्र लिन र यात्रुको चापका आधारमा सेवा सञ्चालन गर्न समेत निर्देशन दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण