आकृति अवस्थी महिला तथा सामाजिक समिति सभापतिकाे उम्मेदवार
बिहीबार, ०३ वैशाख २०८३, १४ : ३९
सारांश
- डडेल्धुराकी आकृति अवस्थीले प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला संसदीय समितिको सभापतिका लागि उम्मेदवारी दिएकी छिन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी अवस्थी राजनीतिमा आउनुअघि निड्स नेपाल नामक संस्थामा कार्यरत थिइन्।
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका मुकेश अवस्थीकी दिदी आकृति अवस्थी प्रतिनिधि सभाको संसदीय समितिमा सभापतिको उम्मेदवार बनेकी छिन्।
डडेल्धुराको अमरगढी नगरपालिका–५ सेलागाउँकी २७ वर्षीया अवस्थी प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला संसदीय समितिको सभापति उम्मेदवार बनेकी हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बनेकी उनी राजनीतिमा प्रवेश गर्नुअघि खासै सक्रिय देखिएकी थिइनन् । खस आर्य क्लस्टरको नवौँ नम्बरमा रहेकी उनलाई रास्वपाले सांसदका रूपमा चयन गरेको थियो।
उनको भाइ २२ वर्षीय मुकेश २३ भदौमा भएको ‘जेनजी’ आन्दोलनको क्रममा नयाँ बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका थिए । सांसद बन्नुअघि आकृति व्यावसायिक रूपमा ‘निड्स नेपाल’ नामक गैरसरकारी संस्थामा कार्यरत थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवनतर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण