३३ अङ्कले घट्यो नेप्से परिसूचक
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । बिहीबार नेप्से परिसूचक ३३ दशमलव ८३ अङ्कले घटेर दुई हजार ८३३ दशमलव शून्य तीन अङ्कमा कायम भएको हो । यो एक दशमलव १८ प्रतिशतको गिरावट हो।
आज ३४२ कम्पनीको दुई करोड सात लाख ४३ हजार ८८४ कित्ता शेयर एक लाख ११ हजार ६०७ पटक खरिद बिक्री हुँदा रु नौ अर्ब ३१ करोड २८ लाख ६० हजार ८०८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ८०, विकास बैंक एक दशमलव १५, वित्त एक दशमलव ९८, होटल तथा पर्यटन शून्य दशमलव ५०, जलविद्युत् एक दशमलव ५१ र लगानी समूह एक दशमलव २७ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बीमा शून्य दशमलव ९०, उत्पादन तथा प्रशोधन एक दशमलव ५४, लघुवित्त शून्य दशमलव ७१, म्युचुअल फण्ड शून्य दशमलव १४, निर्जीवन बीमा एक दशमलव २८, व्यापार एक दशमलव शून्य एक र अन्य समूह एक दशमलव ९० प्रतिशतले घटेको छ।
रिजलाइन इनर्जी लिमिटेड र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर मूल्य नौ दशमलव ४७ प्रतिशत घटेको नेप्सेले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण