गुल्मीमा रुखमा अड्किएका व्यक्तिको सकुशल उद्धार
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा रुखको हाँगा काट्ने क्रममा लडेर बीचमा अड्किएका एक जनालाई प्रहरीले उद्धार गरेको छ । धुर्कोट-७ वाग्लाको फूलबारीका ३४ वर्षीय मुक्तबहादुर कुमाल आज बिहान आफ्नै घर नजिकै रहेको पीपलको रुखमा चढी हाँगा काट्ने क्रममा अचानक हाँगाले लाग्दा रुखको बीचमा अड्किएका थिए ।
रुखमा अड्केर घाइते भएपछि तल झर्न नसकी करिब ३५ मिटर उचाइमा रहेको रुखको बीच भागमा उनी अड्किएका थिए । घटनाका बारेमा जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरी चौकी धुर्कोट वस्तुबाट प्रहरी सहायक निरीक्षक झरेन्द्र बस्नेतको नेतृत्वमा तीन जनाको टोली घटनास्थल खटिएको थियो ।
घाइतेको थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक विवेक घलेको नेतृत्वमा ६ जनाको प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीयवासीको सहयोगमा प्रहरीले रस्सी रुखमा बाँधेर सोही रस्सीको सहायताले रुखमा चढेरे आज दिउँसो घाइते कुमालको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । उनका अनुसार उद्धारका क्रममा उनी अचेत अवस्थामा रहेका थिए ।
उद्धारपछि कुमाललाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइपुर्याइको छ । उनको कम्मरमा चोट लागेकाले गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण