मुक्तिनाथ विकास बैंकको सीईओमा तारा मानन्धर नियुक्त
सारांश
- मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन्।
- बैंक सञ्चालक समितिको बैठकले उनलाई चार वर्षको कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो।
- मानन्धरले २०८३ जेठ १ गतेदेखि बैंकको कार्यभार सम्हाल्ने छन्।
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिले उनलाई सो पदमा नियुक्त गरेको हो ।
बैंकका कम्पनी सचिव डण्डपानी ढकालका अनुसार सञ्चालक समितिको ३७१ औँ बैठकले मानन्धरलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।
हाल बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका प्रद्युमन पोखरेलको कार्यकाल आगामी २०८३ वैशाख मसान्तबाट सकिँदैछ । पोखरेलको कार्यकाल समाप्त भए लगत्तै नवनियुक्त सीईओ मानन्धरले २०८३ जेठ १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने बैंकले जनाएको छ ।
स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका स्थायी ठेगाना भएका मानन्धर हाल टोखामा बसोबास गर्दै आएका छन् । उनी यसअघि डिस मिडिया नेटवर्कको सीईओ थिए । त्यसअघि उनले दुई दशक बैंकिङमा थिए । सो क्रममा उनले प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतमा काम गरेको अनुभव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण