क्याम्पस बनाउन भिक्षा माग्दै विद्यार्थी, तस्बिरहरू
सारांश
- त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरूले भौतिक पूर्वाधार सुधारको माग गर्दै भिक्षा मागेर व्यङ्ग्यात्मक प्रदर्शन गरेका छन्।
- सरकारले पटक-पटकको आग्रहलाई बेवास्ता गरेको भन्दै विद्यार्थीहरूले साङ्केतिक विरोध स्वरूप रकम सङ्कलन गरेका हुन्।
- सङ्कलित रकम सरकारलाई बुझाउने र पूर्वाधार निर्माणमा दबाब दिने विद्यार्थीहरूको योजना रहेको छ।
काठमाडौँ । सरकारी क्याम्पसको पूर्वाधार विकासको लागि भनेर संयुक्त विद्यार्थीले त्रिचन्द्र आसपास क्षेत्रमा ‘भिक्षा’ मागेर व्यङ्ग्यात्मक विरोध प्रदर्शन गरेका छन्। जीर्ण रहेका क्याम्पसको भौतिक पूर्वाधारको गुणस्तर सुधारका लागि विभिन्न पालामा सरकारलाई पटक-पटक बजेट माग्दा पनि सरकारले बेवास्ता गरेको भन्दै विद्यार्थीहरूले साङ्केतिक विरोध गरेका हुन् ।
_QhjSy9nbJy.jpg)
उनीहरूले भनेका छन् ‘हाम्रा क्याम्पसका थोत्रा भवन, कक्षाकोठा, प्रयोगशाला मर्मत र सुदृढ बनाउन सरकारले ध्यान दिएन ।’ २००४ सालमा पनि यसरी नै विद्यार्थीहरूले भिक्षा मागेको स्मरण गर्दै अहिले पनि सोही विधि अपनाइएको विद्यार्थीहरूको भनाई छ ।
_bQCO8KrfBH.jpg)
त्रिचन्द्र स्ववियुका सभापति गोविन्द कोइरालाका अनुसार आज सङ्कलन गरिएको रकम सरकारलाई हस्तान्तरण गरिने जानकारी दिए । ‘सरकारले क्याम्पसका पूर्वाधारहरू बनाउन सक्दैन भने अब हामी आफ्नै भिक्षा दानबाट क्याम्पस बनाउँछौँ,’ उनले भने ।
_azLulmzhRX.jpg)
_vAb1yLwTcE.jpg)
_yvORHujyjl.jpg)
_bmFahuq7tV.jpg)
_mpCV975yD9.jpg)
_vLpKgtlKsH.jpg)
_8mQhwTPAPv.jpg)
_TFojVhb6r4.jpg)
_bfuKFg0lIE.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण