लेबनान युद्धविरामको इरानद्वारा स्वागत, अमेरिकासँग मतभेद कायमै
सारांश
- इरानले लेबनानमा भएको युद्धविरामको स्वागत गरेको छ।
- अमेरिकासँगका महत्त्वपूर्ण विषयहरूमा अझै पनि मतभेद कायम रहेको इरानले जनाएको छ।
तेहरान । इरानले लेबनानमा भएको युद्धविरामको स्वागत गरेको छ, तर अमेरिकासँगका महत्त्वपूर्ण विषयहरूमा मतभेद अझै कायम रहेको सङ्केत दिएको छ । पाकिस्तानी प्रतिनिधिमण्डलसँगको भेटका क्रममा इरानी राष्ट्रपतिले विगतका सम्झौताहरू उल्लङ्घन भएको र अमेरिकासँग विश्वासको अभाव रहेको स्वीकार गरे पनि अब राष्ट्रिय हितलाई प्राथमिकता दिँदै संवादको बाटो रोज्ने निर्णय गरिएको बताएका छन् ।
यो अभिव्यक्ति सकारात्मक सङ्केतका रूपमा हेरिएको छ । यसैबिच, इरानको विदेश मन्त्रालयका प्रवक्ताले पनि लेबनानमा भएको युद्धविरामलाई स्वागत गर्दै यसलाई इरान र अमेरिकाबिच भएका पूर्व सहमतिसँग जोडेर व्याख्या गरेका छन् । यद्यपि, दुवै देशबिचका जटिल मुद्दाहरू अझै समाधान हुन बाँकी छन् ।
विशेषगरी इरानको आणविक कार्यक्रम, ‘रेनियम भण्डारण र स्ट्रेट अफ होर्मुज’ जस्ता रणनीतिक विषयहरूमा गम्भीर छलफल आवश्यक रहेको देखिन्छ ।
यसका साथै, ब्यालिस्टिक मिसाइल कार्यक्रम र क्षेत्रीय सम्बन्धहरू जस्ता विषयहरू पनि विवादका केन्द्रमा छन् । यी सबै कारणले इरान र अमेरिकाबिच सहमति कायम गर्न अझै चुनौतीपूर्ण अवस्था रहेको विश्लेषकहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण