टाइटानिककी जीवित यात्रीको लाइफ ज्याकेट लिलामीमा
सारांश
- आरएमएस टाइटानिक दुर्घटनाबाट बचेकी प्रथम श्रेणीकी यात्री लौरा मेबेल फ्रान्काटेलीले प्रयोग गरेको लाइफ ज्याकेट लिलामीमा राखिएको छ।
- यो लाइफ ज्याकेट २ लाख ५० हजारदेखि ३ लाख ५० हजार पाउन्डसम्ममा बिक्री हुने अनुमान गरिएको छ।
- कर्कले भरिएको उक्त ज्याकेटमा दुर्घटनाबाट बाँचेका अन्य व्यक्तिहरूको हस्ताक्षर समेत रहेको छ।
लन्डन । सन् १९१२ को चर्चित समुद्री दुर्घटना आरएमएस टाइटानिक डुबेको घटनाबाट बचेकी एक यात्रीले प्रयोग गरेको लाइफ ज्याकेट पहिलो पटक लिलामीमा राखिने भएको छ ।
यो लिलामीलाई एक पुस्तामा एक पटक आउने अवसरका रूपमा वर्णन गरिएको छ । बेलायतको लिलामी संस्था हेनरी एल्ड्रिज एण्ड सनका अनुसार उक्त ज्याकेट २ लाख ५० हजारदेखि ३ लाख ५० हजार पाउन्डसम्म मा बिक्री हुने अनुमान गरिएको छ ।
यो ज्याकेट लौरा मेबेल फ्रान्काटेलीले लगाएकी थिइन् । उनी टाइटानिक जहाजकी प्रथम श्रेणीकी यात्रु थिइन् । उनी प्रसिद्ध फेसन डिजाइनर लुसी डफ गोर्दोनकी सचिवका रूपमा सिकागो जाँदै थिइन ।
फ्रान्काटेली, गोर्दोन र गर्दोनका पति तीनै जना लाइफबोट नम्बर १ मा चढेर बाँच्न सफल भएका थिए ।१९१२ को अप्रिल १० मा यात्रा सुरु गर्दा टाइटानिकलाई विश्वकै सबैभन्दा ठुलो र डुब्न नसक्ने जहाज मानिन्थ्यो। तर, अप्रिल १४ को राति उत्तर एटलान्टिक महासागरमा हिमखण्डसँग ठोक्किएपछि तीन घण्टाभित्रै डुबेको थियो ।
जहाजभित्र झन्डै २ हजार २२० यात्रु तथा चालक दल थिए । यीमध्ये करिब ७०० जना मात्र बाँच्न सफल भए । लिलामीमा राखिएको उक्त लाइफ ज्याकेटमा क्यानभासका १२ वटा कर्कले भरिएका खल्ती, काँधका सहारा र साइड स्ट्र्यापहरू रहेका छन् ।
यसमा फ्रान्काटेली सहित सोही लाइफबोटबाट उद्धार गरिएका अन्य व्यक्तिहरूको हस्ताक्षर पनि रहेको बताइएको छ । यो वस्तु टाइटानिकसँग सम्बन्धित अन्य सामग्रीहरूसहित यसै साता लिलामी गरिनेछ ।
लिलामी संस्थाका प्रबन्ध निर्देशकले यसलाई टाइटानिकसँग सम्बन्धित सबैभन्दा प्रतीकात्मक वस्तुहरूमध्ये एक भन्दै यस किसिमको वस्तु फेरि लिलामीमा आउन निकै दुर्लभ हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थापनाको ५ वर्ष, कामै नगरी खारेज भयो बागमती प्रदेशको एउटा कार्यालय
-
अर्थ मन्त्रालयका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व
-
अभिषेक गिरीलाई थुनामुक्त गर्न मोरङ अदालतको आदेश
-
कोशी अस्पतालको जग्गा खाली गर्न अर्को अल्टिमेटम
-
गृहको निर्देशनपछि सुस्तामा प्रशासन सक्रिय, नागरिकता विवरण संकलन गर्ने तयारी
-
शिक्षित आमामै पूर्ण स्तनपानको दर घट्दो, दूधदानी प्रयोग बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण