वीरेन्द्रनगरको मंगलगढी चोकमा पहिलो पटक आकाशे पुल बन्दै
सारांश
- सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा दुर्घटना न्यूनीकरण र पैदल यात्रुको सहजताका लागि पहिलो पटक आकाशे पुल निर्माण भइरहेको छ।
- वीरेन्द्रनगर नगरपालिकाले १ करोड ५९ लाख ८६ हजार रुपैयाँको लागतमा गौरवको आयोजनाका रूपमा अजोड कन्सट्रक्सन कम्पनीमार्फत उक्त पुल निर्माण गरिरहेको छ।
- हालसम्म ५० प्रतिशत काम सम्पन्न भइसकेको र जेठ मसान्तसम्ममा निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको छ।
सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढीमा आकाशे पुल निर्माण हुँदै छ । वीरेन्द्रनगर नगरपालिकाले उक्त पुल निर्माण गरिरहेको हो ।
यात्रुको सहज यातायात र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आकाशे पुलको अवधारणा ल्याइएको वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले बताइन् ।
मंगलगढी वीरेन्द्रनगरको सबैभन्दा व्यस्त चोक हो । पछिल्लो समय सवारी साधनहरूको सङ्ख्या अत्यधिक बढेसँगै पैदल यात्रुहरूलाई ओहोर—दोहोर गर्न समस्या छ । साथै, पैदल यात्रुहरूले सडक पार गर्दा सवारी साधनहरूले ठक्कर दिने र दुर्घटना बढ्ने जोखिम बढेकाले नगरपालिकाले यो योजना अघि सारेको हो । उसो त प्रदेश सरकारले पनि अघिल्लो पटक आफ्नो नीति तथा कार्यक्रममा यो योजना राखेको थियो ।
तर, वीरेन्द्रनगर नगरपालिका आफैले १ करोड ५९ लाख ८६ हजार खर्च गरेर आकाशे पुल निर्माण गर्न लागेको हो ।
पुल निर्माणको जिम्मा अजोड कन्सट्रक्सन कम्पनी काठमाडौँले पाएको छ । पुस महिनादेखि काम सुरु गरेको उक्त कम्पनीले जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।
नगरपालिकाका इन्जिनियर इश्वरी ढकालले हालसम्म ५० प्रतिशत काम सम्पन्न भइसकेको बताए ।
‘काम आधा सकियो, ग्राउन्ड लेवलको स्टक्चरको काम सकिएको छ,’ उनले भने ।
मंगलगढीमा फोरलेन सडक छ । रत्न राजमार्ग अन्तर्गत धुलियाबिट, सुब्बाकुना, बाङ्गेसिमल जोड्ने मुल सडक हुँदा निकै व्यस्त हुन्छ ।
पुल बनेसँगै आवत–जावतमा सहजता आउने र विशेष गरी पैदल यात्रुले भोग्दै आएको सास्ती हट्ने ढकाल बताउँछन् ।
वीरेन्द्रनगरले यसलाई आफ्नो नगर गौरवको आयोजनाका रूपमा अघि बढाएको छ ।
आकासे पुलको हाइट सडकदेखि ६ मिटर अग्लो रहनेछ भने १७ मिटर चौडाइ रहनेछ, जुन आकासे पुल चढ्नको लागि दुई लेन यहाँ रहनेछ ।
नगरपालिकाको आगामी योजना बसपार्क जाने बाटोमा पनि आकाशे पुल बनाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण