मुद्दा मिलाइदिने बहानामा ठगी गर्ने बालाजुबाट पक्राउ
सारांश
- बैंकिङ कसुरको मुद्दा मिलाइदिने भन्दै रकम ठगी गर्ने विश्वराम अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ परेका अधिकारीले पीडितबाट १ लाख ३० हजार रुपैयाँ लिएर फरार भएका थिए।
- प्रहरीले उनलाई बालाजु क्षेत्रबाट पक्राउ गरी सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ।
काठमाडौँ । बैंकिङ कसुरको मुद्दा मिलाइदिने भन्दै रकम ठगी गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१६ वनस्थली बस्ने ५२ वर्षीय ‘दीपक’ भन्ने विश्वराम अधिकारी रहेका छन् ।
प्रहरीका अनुसार अधिकारीले नेपाल सरकार वादी र ध्रुव विक्रम मल्ल प्रतिवादी रहेको एक बैंकिङ कसुर मुद्दा मिलाइदिने आश्वासन दिएका थिए । उनले पीडितलाई झुक्क्याएर र गफलतमा पारेर नगद तथा मोबाइल बैंकिङमार्फत पटक-पटक गरी जम्मा १ लाख ३० हजार रुपैयाँ लिएर फरार भएका थिए ।
रकम लिएर व्यक्ति फरार भएपछि पीडितले दिएको उजुरीका आधारमा प्रहरीले खोजी कार्य तीव्र पारेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई २०८३ वैशाख २ गते दिउँसो ४ बजेतिर काठमाडौँको बालाजु क्षेत्रबाट फेला पारी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका अधिकारीमाथि ठगी सम्बन्धी कसुर मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए । काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण