अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपाल आउँदै
सारांश
- अमेरिकी सहायक विदेशमन्त्री एस. पावल कपुर तीन दिने औपचारिक भ्रमणका लागि सोमबार नेपाल आउँदै छन्।
- कपुरले आफ्नो भ्रमणका क्रममा परराष्ट्रमन्त्रीसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ।
- यो भ्रमणलाई क्षेत्रीय स्थिरता, सुरक्षा र दुई देशबीचको सहकार्यका विषयमा छलफल गर्न महत्त्वपूर्ण मानिएको छ।
काठमाडौँ । भारतका विदेश सचिव बिक्रम मिस्री नेपाल आउने तयारी भइरहेको बेला अमेरिकी सहायक विदेशमन्त्री एस. पावल कपुर तीन दिने भ्रमणका लागि नेपाल आउन लागेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी सोमवार औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।
जेनजी आन्दोलनपछि गठन भएको वर्तमान सरकारको यो अवधिमा अहिलेसम्मको उच्चस्तरीय भ्रमण रहेको मानिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका खास मान्छेको रूपमा चिनिएका कपुर दक्षिण तथा मध्य एसिया पनि हेर्ने गरेका छन् ।
राष्ट्रपति ट्रम्पले तत्कालीन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई हटाएर २०८१ फागुनमा कपुरलाई नियुक्त गरेका थिए । उनी नियुक्त भएपछि भारतीय मूलका भनी निकै चर्चा भएको थियो । उनको जन्म भारतमा भएको हो । बुवा भारतीय हुन् भने आमा अमेरिकी मूलका हुन् ।
तत्कालीन सहायक विदेशमन्त्री डोनाल्ड लु आफ्नो कार्यकालमा चार पटक नेपाल भ्रमण गरिसकेका थिए । नेपालमा एमसीसी लागु गराउनमा उनको ठुलो भूमिका रहेको चर्चा हुने गरेको छ । उनी तत्कालीन अवस्थामा नेपाल आएर उच्च स्तरीय भेटघाट गरेपछि संसदबाट एमसीसी पारित भएको थियो ।
अहिले सहायक विदेशमन्त्री कपुर नेपाल भ्रमण आउन लागेकोमा त्यसलाई अर्थपूर्ण रूपमा लिएको छ ।
अमेरिकाको राष्ट्रिय सुरक्षा मामिला विभागका प्राध्यापक पनि रहिसकेका कपूरले राष्ट्रपति ट्रम्पको अघिल्लो कार्यकालको अन्तिम वर्षमा विदेश विभागको नीति योजना टोलीमा सन् २०२०–२१ सम्म पनि काम गरेका थिए । जहाँ उसलाई दक्षिण एसियाली मामिला हेर्ने जिम्मेवारी दिएको थियो । अमेरिकी नाभल पोस्ट ग्राजुएट स्कुलका प्रध्यापक समेत रही सकेका कपूरलाई पाकिस्तानको कट्टर आलोचक रूपमा विश्लेषण गरिएको थियो तर पछिल्लो समय इरान र अमेरिकाबिच वार्ता गराउनमा पाकिस्तानले गरेको मध्यस्थतामा सहायक विदेशमन्त्री कपुरको भूमिकाको पनि चर्चा हुने गरेको छ ।
विदेश विभागको कर्मचारी रहेकै समयमा उनले दक्षिण एसियाली सुरक्षा, आणविक रणनीति, तथा अन्तर्राष्ट्रिय सम्बन्धका विशेषज्ञ मानिन्छन् । उनले विशेषगरी भारत–पाकिस्तान सम्बन्ध, आतंकवाद र क्षेत्रीय सुरक्षा विषयमा अनुसन्धानहरू गरेका छन् ।
दक्षिण तथा मध्य एसियामा बढ्दो भूराजनीतिक प्रतिस्पर्धाका बिच वर्तमान अवस्थामा नेपालको परराष्ट्र नीति चर्चामा आइरहेको छ । बालेन नेतृत्वको सरकारले कूटनीति क्षेत्रमा चालेको कदमले चर्चा पाएको छ । भ्रमणमा आउन लागेका सहायक विदेशमन्त्री कपुरले क्षेत्रीय स्थिरता, सुरक्षा, र सहकार्यका विषयमा नेपालसँग धारणा आदानप्रदान गर्न बताइएको छ ।
उनले भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालसहित उच्चस्तरीय भेटघाट गर्ने बताइएको छ । यद्यपि प्रधानमन्त्री बालेनसँग भेटघाट हुने कि नहुने अझै टुगों नलागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण