बिस्केट जात्राको अन्तिम दिन : भक्तपुर र बोडेमा लिङ्गो ढालियो
भक्तपुर । आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको आज अन्तिम दिन भक्तपुरको पोटरीस्क्वायरस्थित तालाक्वो ज्याठा गणेश मन्दिर अगाडि उठाइएको हात नभएको लिङ्गो ढालिएको छ । प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीयले भक्तपुरको कुमालेटोलस्थित तालाक्वोमा हात नभएको लिङ्गो उठाएर जात्रा गर्दै अन्तिम दिन आज विधिपूर्वक पूजा गरी ढालेपछि भैरवको रथ तान्ने प्रक्रिया सुरु हुने गर्दछ ।
गुठी संस्थान कार्यालयका प्रमुख आनन्द कर्माचार्यले तालाक्वोमा चैत मसान्तमा उठाएको हात नभएको लिङ्गो आज ढालिएको जानकारी दिँदै आज अपराह्नबाट पूजा सम्पन्न गरी भैरवको रथ तान्न सुरु हुने र आजैदेखि जात्रा सम्पन्न हुने परम्परा रहेको जानकारी दिए ।
बिस्केटजात्राका अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिङ्गो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने परम्परा छ । तालाक्वोमा लिङ्गो ढालिएपछि आजै भैरव र भद्रकालीको पूजा गरी रथलाई गहिटीबाट तान्ने गरिन्छ ।
त्यसैगरी, मध्यपुरथिमिको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि चैत ३० गते अर्थात् मसान्तको दिन उठाएको लिङ्गो पनि आज १०ः ०० बजे ढालिएको छ । महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाएपछि थिमिको सम्पूर्ण जात्रा सुरु हुने परम्परा रहेको जानकारी दिँदै स्थानीय दिलकृष्ण प्रजापतिले आज लिङ्गो ढालिएसँगै जात्रा सम्पन्न भएको जानकारी दिए ।
यसअघि भेलुखेलस्थित ल्यासिंखेलमा चैत मसान्तमा उठाउने लिङ्गो वैशाख २ गते ढालिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण