त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजाको तेलसहित अमेरिकी नागरिक पक्राउ
सारांश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजाको तेलसहित ४६ वर्षीय अमेरिकी नागरिक ओग्नियन पेट्रोभ पक्राउ परेका छन्।
- एयर इन्डियाको उडानमार्फत दिल्ली जान लागेका पेट्रोभको ब्यागेजबाट १.२५ लिटरका ५ वटा बोतलमा प्रतिबन्धित तेल बरामद गरिएको छ।
- पक्राउ परेका पेट्रोभलाई आवश्यक अनुसन्धानका लागि लागू औषध नियन्त्रण ब्यूरोको जिम्मा लगाइएको छ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा वा भाँगोको जस्तो देखिने प्रतिबन्धित तेलसहित एक अमेरिकी नागरिक पक्राउ परेका छन्। विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्नेमा ४६ वर्षीय अमेरिकी नागरिक ओग्नियन पेट्रोभ रहेका छन्। अमेरिकी राहदानीबाहक पेट्रोभ शुक्रबार एयर इन्डियाको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका थिए।
विमानस्थलको प्रस्थानतर्फको 'होल्ड ब्यागेज चेकिङ' क्षेत्रमा एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको ब्यागेज शंकास्पद देखिएको थियो। सुरक्षाकर्मीले ब्यागेज खोलेर जाँच गर्दा १।२५ लिटरका ५ वटा बोतलमागाँजा वा भाँगोको जस्तो देखिने तेल फेला पारेका थिए।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक राज कुमार सिलवालका अनुसार पक्राउ परेका पेट्रोभ र बरामद गरिएको सामग्रीलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि लागू औषध नियन्त्रण ब्यूरोबाट विमानस्थलमा खटिएको प्रहरी टोलीको जिम्मा लगाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण