सरकारविरुद्ध बोल्न सबै डराए, नबोलौँ भनेपनि सुख पाइएन : प्रसाईँ
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गरिब नागरिकमाथि सरकारले नै लुटपाट मच्चाएको आरोप लगाएका छन् । देशको समसामायीक राजनीतिक विषयमा पत्रकार सम्मेलनमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै प्रसाईँले सदन प्रतिपक्षविहीन बनेको आरोप लगाए ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी प्रतिपक्षी बनेर आवाज उठाउने अपेक्षा गरे पनि उपसभामुख लिएर सरकारमै सहभागी भएकोले सदन प्रतिपक्षविहीन बनेको उनले बताए । गरिब नागरिकमाथि सरकारले नै लुटपाट मच्चाउँदा समेत प्रतिपक्षी दल बोल्न नसकेकोले सदन प्रतिपक्षीबिहीन बनेको उनको आरोप थियो ।
निर्वाचनको परिणामपछि सबै दल संकटमा रहेको र केही दलहरू फुटको डिलमा रहेकोले उनीहरुले नागरिकको पक्षमा आवाज उठाउन नसकेको प्रसाईँको भनाइ छ । सरकारको विकास सामाजिक सञ्जालमा सीमित रहेको उनले बताए ।
बालेन शाहमाथि आक्रामक रूपमा प्रस्तुत भएका उनले तीन महिना चुप लागौँ भन्दा पनि नबोली सुखै नपाएको उनले उल्लेख गरे । हिन्दु अधिराज्य कायम गर्ने, एसपीपी र एमसीसी खारेज गर्ने हो भने सरकारलाई साथ दिन आफू तयार रहेको उनले बताए ।
डीडीसीले किसानको ९ अर्ब रुपैयाँ अझै नतिरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । सरकारले शिक्षा र स्वास्थ्य निःशुल्क गर्छु भन्दै गर्दा १९ अर्ब स्वास्थ्य बीमाको रकम नतिरेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण