चितवनमा ‘क्यान्सर कन्फ्रेन्स’ काे आयोजना
चितवन । यहाँको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन देशका विशेषज्ञ चिकित्सकहरूको सहभागितामा ‘पाँचौ क्यान्सर कन्फ्रेन्स’ आयोजना गरिएको छ ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आज यहाँ आयोजना गरेको एक दिवसीय ‘कन्फ्रेन्स’मा नेपाल, भारत र चीनका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले जानकारी दिए ।
त्यस क्रममा क्यान्सर उपचारको नवीनतम प्रविधि, औषधि र उपचार प्रक्रियाबारे छलफल हुनुका साथै भारतका दुई र चीनका एकसहित ३० वटा कार्यपत्र प्रस्तुत गरिएको उनले बताए ।
अस्पतालका उपनिर्देशक डा.उमेश नेपालका अनुसार पाँच वर्ष अघिबाट हरेक वर्ष अस्पतालले यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ । अस्पताल स्थापना दिवस (असोज १०) का अवसरमा आयोजना हुने यो कार्यक्रम यस वर्ष जेनजी आन्दोलनका कारण ढिला भएको उनले बताए ।
कार्यक्रममा नेपालका विभिन्न अस्पतालबाट समेत गरी विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायत दुई सय जनाको सहभागिता रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण