'घरदेखि होटलसम्म रैथाने खानाको प्रयोग बढाउन आवश्यक'
सारांश
- नुवाकोटको ककनीमा रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यले एक कार्यक्रम सम्पन्न भएको छ।
- कार्यक्रममा पाककला क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।
- अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले रैथाने खानाको ब्रान्डिङ र आर्थिक सम्भावनाबारे जोड दिएका छन्।
काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित शनिबार नुवाकोटको ककनीमा एक सम्पन्न गरिएको छ ।
कार्यक्रममा पाककला क्षेत्रमा योगदान पुर्याएका सोल्टी ग्रुपका कर्पोरेट एक्जुकेटिभ सेफ युवराज पोख्रेल, वरिष्ठ सेफ मोहन गजुरेल, नेपाल सेफ एसोसिएसनका निवर्तमान अध्यक्ष रेशम लामा तथा अष्ट्रेलियामा कार्यरत प्रवासी सेफ सुवास थापालाई “पाककला गौरव सम्मान” प्रदान गरिएको थियो। साथै, विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरूलाई कदरपत्र समेत प्रदान गरिएको थियो।
सो अवसरमा प्रमुख अतिथि अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स–नेपालका अध्यक्ष राजेशकाजी श्रेष्ठले रैथाने खानाको आर्थिक सम्भावनालाई जोड दिँदै भने, “नेपालको पर्यटन प्रवर्द्धनमा स्थानीय खानाको महत्वपूर्ण भूमिका छ। यदि सही ढंगले ब्रान्डिङ गर्न सकियो भने यसले अन्तर्राष्ट्रिय बजारमा ठूलो स्थान बनाउन सक्छ।” उनले थपे, “घरदेखि होटलसम्म रैथाने खानाको प्रयोग बढाउन आवश्यक ज्ञान र सीप सेफहरू मार्फत विस्तार गर्न सकिन्छ, जसले यसको दीगो प्रवर्द्धनमा सहयोग पुर्याउँछ।”
साथै उनले कार्यक्रमले स्थानीय खाद्य परम्पराको संरक्षण, स्वास्थ्यकर भोजनको प्रवर्द्धन तथा पर्यटनसँग यसको अन्तरसम्बन्धलाई प्रभावकारी रूपमा उजागर गरेको उल्लेख समेत गरे ।
यसैगरी गैर आवासीय नेपाली संघकी पूर्व अध्यक्ष रविना थापाले प्राकृतिक र रैथाने खाना हाम्रो स्वास्थ्यका लागि अत्यन्त लाभदायक रहेको बताइन् ।
नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछानेले नेपालका विभिन्न भूगोलमा आफ्नै विशेषता बोकेका खानाहरू रहेको उल्लेख गरे ।
त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झाले रैथाने खानाको प्रवर्द्धनले स्थानीय पाककला क्षेत्रलाई थप उचाइमा पुर्याउने बताए ।
पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले रैथाने खानाले आन्तरिक तथा बाह्य पर्यटनमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।
युवा उद्यमी तारालाल धरेलले रैथाने खानालाई व्यवसायिक रूपमा विस्तार गर्न आवश्यकता रहेको बताए । रैथाने अभियन्ता तिलक ढकालले पनि रैथाने खाना स्वास्थ्यकर हुने जनाउँदै भने, “रैथाने खानाले शरीरलाई आवश्यक पोषण दिनुका साथै समाजलाई स्वस्थ राख्न महत्वपूर्ण योगदान पुर्याउँछ।”
ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझा र न्युजलाईन्स मिडियाका अध्यक्ष राजु भट्टको आयोजनामा सम्पन्न कार्यक्रममा कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, व्यवसायी, सेफ तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको न्युजलाइन्स मिडियाकी सम्पादक सरिता ढकालले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण