मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
साताका ७ तस्बिर
फोटो

साताका ७ तस्बिर

आइतबार, ०६ वैशाख २०८३

काठमाडौँ । गएको साता उपत्यकामा विभिन्न घटनाक्रम भए ।

ती घटनाक्रममध्येबाट रातोपाटीले ‘साताका ७ तस्बिर’ स्तम्भमा ७ तस्बिर प्रस्तुत गरेको छ ।

नयाँ वर्ष २०८२ को बिदाइसँगै सुरु भएको नयाँ वर्ष २०८३ को नयाँ बिहानीसहितको सूर्योदयको तस्बिरदेखि त्यसअघिको ट्याटु कन्भेन्सन, उपत्यकामा रात्रिकालीन बस सेवा, भक्तपुरको जिब्रो छेड्ने जात्रा, सिन्दूर जात्रादेखि मातातीर्थको मेलासम्मका तस्बिरलाई यहाँ प्रस्तुत गरिएको छ । 
हेरौँ तस्बिर-

1 (7)ललितपुरको हेरिटेज गार्डेनमा चैत २८ गते १३औं अन्तर्राष्ट्रिय ट्याटु कन्भेन्सन सम्पन्न भयो ।

 

1 (2)नयाँ वर्ष २०८३ को नयाँ वर्षको पहिलो सूर्योदय स्वयम्भूमाथिबाट उदाएको दृश्य निकै मनमोहक देखियो ।

 

1 (3)नयाँ वर्षको दिनदेखि नै काठमाडौं उपत्यकाका नगरपालिकाहरुले रात्रि बस पनि सुरु गरेका छन् ।

 

1 (5)वैशाख २ गते भक्तपुरको थिमीमा सिन्दुर जात्रा मनाइयो ।

 

1 (4)वैशाख २ मै भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा, लगातार चौंथो वर्ष पनि सुजनले जिब्रो छेडेर परम्परालाई निरन्तरता दिए ।

 

1 (6)वैशाख ४ गते काठमाडौंको मातातीर्थमा मातातीर्थ औंशीका भक्तजनको घुइँचो

 

1 (1)वैशाख ५ गते काठमाडौंको असनमा हरेक शनिवार भेहिकल फ्री अभियान सुरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया