किएभ गोलीकाण्ड : दुई प्रहरी निलम्बित, अनुसन्धान सुरू
किएभ । किएभमा ६ जनाको मृत्यु भएको गोलीकाण्डबाट भागेको आरोपमा दुई सुरक्षा अधिकारीलाई निलम्बन गरिएको छ। युक्रेनका आन्तरिक मन्त्रीले आइतबार भनेका छन्, “अनलाइन प्रसारित एक भिडियोमा उनीहरू भागिरहेको देखिएकोले उनीहरूलाई निलम्बन गरी अनुसन्धान सुरू गरिएको छ।”
युक्रेनको राजधानीको आवासीय जिल्लामा रहेको सुपरमार्केटमा शनिबार एक बन्दुकधारीले गोली चलाएर मानिसहरूलाई बन्धक बनाएको थियो । युक्रेनी मिडियाले पोस्ट गरेको एक भिडियोमा बर्दी र पहेंलो भेस्ट लगाएका दुई प्रहरी अधिकारीहरू भुइँमा एक व्यक्तिको छेउमा उभिएको देखिन्छ र त्यसपछि गोली चलेको आवाज सुनिन्छ।
“यो सिङ्गो सुरक्षा प्रणालीका लागि लाजमर्दो कुरा हो र यो लज्जास्पद, अयोग्य व्यवहार हो । उनीहरूलाई निलम्बन गरिएको छ, र यसको अनुसन्धान भइरहेको छ,” आन्तरिक मन्त्री इगोर क्लाइमेन्कोले टेलिग्राममा लेखेका छन्।
क्लाइमेन्कोले दुई कर्मचारीहरूको कार्यको आधारमा सम्पूर्ण प्रहरी बलको बारेमा सामान्यीकरण नगर्न’ पनि आग्रह गरेका छन् । प्रहरीले गोली हानाहानको कारण पत्ता लगाउन सकेको छैन तर क्लाइमेन्कोले आक्रमणकारीको मानसिक अवस्था स्पष्ट रूपमा अस्थिर रहेको बताएका छन् ।
“आक्रमणकारीले कसरी आफ्नो बन्दुक राख्ने अनुमति नवीकरण गर्न आवश्यक मेडिकल प्रमाणपत्र प्राप्त गरे भनेर जाँच गर्नुपर्छ,” क्लाइमेन्कोले थपे । सन् २०२२ देखि रुसको पूर्ण आक्रमणमा परेको युक्रेनीले छिटपुट गोलीकाण्डका घटनाहरू देखेका छन् तर यहाँको अपराध दर तुलनात्मक रूपमा कम छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’
-
नागरिकता लिए पनि अधिकार उपभोग गर्न नपाएकोमा एनआरएनहरूको गुनासो
-
रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण