उदयपुरमा छिमेकीबिचको विवादले निम्त्यायो हत्या
सारांश
- उदयपुरको चौदण्डीगढी नगरपालिकामा छिमेकीबिचको सामान्य विवादले उग्र रूप लिँदा एक जनाको मृत्यु भएको छ।
- ७३ वर्षीय राम प्रसाद राईले धारिलो हतियार प्रहार गर्दा ६४ वर्षीय माहाशेर राईको ज्यान गएको छ।
- हत्यामा संलग्न राम प्रसाद राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा छिमेकीबिचको सामान्य विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ। आइतबार साँझ वडा नं. ७ सीता पाइला टोलमा ७३ वर्षीय वृद्धले धारिलो हतियार प्रहार गर्दा ६४ वर्षीय छिमेकीको मृत्यु भएको हो।
घटना विवरण अनुसार, आइतबार साँझ करिब सवा ८ बजे स्थानीय ७३ वर्षीय राम प्रसाद राई र ६४ वर्षीय माहाशेर राईबिच छरछिमेक सम्बन्धी विषयमा विवाद भएको थियो। विवादका क्रममा आवेगमा आएर राम प्रसादले माहाशेरमाथि धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट माहाशेरको छातीको दायाँ पट्टिको माथिल्लो भागमा गहिरो चोट लागेको थियो।
घाइते भएका माहाशेरलाई तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार लगिएको थियो। तर, अस्पताल पुऱ्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भइसकेको थियो।
हत्यामा संलग्न राम प्रसाद राईलाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक प्रभात लक्सम लिम्बूको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण