ललितपुरको कुपण्डोलमा अब निःशुल्क थर्मल थेरापी सेवा
ललितपुर । पछिल्लो समय स्वास्थ्य सेवालाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले ललितपुरको कुपण्डोलमा 'नुगा बेस्ट' थर्मल थेरापी केन्द्र सञ्चालनमा आएको छ। विगत ८ वर्षदेखि विभिन्न प्रतिष्ठित अवार्डबाट सम्मानित नुगा मेडिकलको प्रविधिमा आधारित यो थेरापीले सर्वसाधारणको स्वास्थ्य समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
विशेषगरी, डा. चो स्युङ-ह्युनको लामो अनुसन्धानबाट पत्ता लागेको 'टुरमेनियम' नामक चारवटा प्राकृतिक तत्वको मिश्रणबाट निर्मित यो प्रविधिले मानव शरीरमा कुनै पनि नकारात्मक असर नगरी उपचार गर्ने कुरा वैज्ञानिक परीक्षणबाट प्रमाणित भएको संस्थाको दाबी छ । ।
राप्ती केयर ट्रेड प्रालिद्वारा सञ्चालित यस केन्द्रले विशुद्ध समाजसेवाको भावनाले काम गरिरहेको जनाएको छ। केन्द्रका प्रबन्ध निर्देशक प्रमिला राईले यो थेरापीलाई नाफा कमाउने उद्देश्यले नभई समाज सेवाको दृष्टिका साथ सञ्चालन गरिएको बताइन्। 'आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूले पनि यहाँ आएर गुणस्तरीय थेरापी सेवा लिन सक्नुहुनेछ', उनले भनिन् ।
यो थर्मल थेरापी विशेषगरी मेरुदण्ड र नसा च्यापिएको समस्या, घुँडा तथा जोर्नीको दुखाइ, माइग्रेन, उच्च र निम्न रक्तचाप, मुटुसम्बन्धी समस्याका साथै ग्याष्ट्रिक, कब्जियत, थाइराइड, एलर्जी र मोटोपन जस्ता दीर्घरोगका बिरामीहरूका लागि निकै प्रभावकारी मानिएको उनको भनाइ छ। आधुनिक चिकित्सा पद्धतिका अतिरिक्त प्राकृतिक उपचार खोज्नेहरूको लागि यो केन्द्र एक भरपर्दो गन्तव्य बन्दै गएको उनको भनाइ छ ।
कुपण्डोलस्थित यस केन्द्रले सेवाग्राहीहरूलाई सहज स्वास्थ्य लाभको अवसर प्रदान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण