फुटपाथ हटाउने क्रममा व्यवसायीमाथि गरिएको व्यवहारप्रति प्रलोपाको आपत्ति
सारांश
- बुटवल उपमहानगरपालिकाले फुटपाथ हटाउने क्रममा व्यवसायीमाथि गरेको दुर्व्यवहारप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीले आपत्ति जनाएको छ।
- पार्टीले लुटिएका सामान फिर्ता गर्न र दोषीमाथि कारबाही गर्न माग गर्दै व्यवसायीको व्यवस्थापनका लागि वैकल्पिक स्थानको माग गरेको छ।
बुटवल । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको फुटपाथ खाली गराउने अभियानका क्रममा व्यवसायीमाथि गरिएको व्यवहारप्रति प्रगतिशील लोकतान्त्रिक पार्टी, रुपन्देहीले आपत्ति जनाएको छ।
पार्टीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा फुटपाथ हटाउने कार्य सकारात्मक भए पनि कार्यान्वयनका क्रममा नगर प्रहरी र सम्बन्धित निकायबाट व्यवसायीमाथि हातपात गर्ने, सामान जबरजस्ती उठाउने तथा पसलभित्र पसेर सामग्री लैजाने जस्ता गतिविधि भएको आरोप लगाएको छ।
जिल्ला अध्यक्ष कृष्ण कुमार बन्जाडेद्वार जारी विज्ञप्तिमा निन्दनीय कार्य भएको उल्लेख गर्दै लुटिएका सामान तुरुन्त फिर्ता गर्न र संलग्न व्यक्तिमाथि कारबाही गर्न माग गरिएको छ। साथै, उद्योग तथा व्यापार सङ्घहरूले यस विषयमा आवाज उठाए पनि अन्य सरोकारवालाहरू मौन बसेको भन्दै चिन्ता व्यक्त गरिएको छ।
पार्टीले फुटपाथमा व्यापार गर्ने व्यवसायीहरूको व्यवस्थापनका लागि वैकल्पिक स्थान निर्धारण गर्नुपर्नेमा जोड दिएको छ। ई–रिक्सा चालकहरूको मागलाई समेत ध्यानमा राख्दै समग्र समस्याको समाधान संवाद, सहकार्य र सहिष्णुताका आधारमा गर्नुपर्ने बताइएको छ।
यदि समस्याको समाधान नगरी दमनकारी शैलीमै कार्य अघि बढाइएमा जनतामा असन्तुष्टि बढ्ने र आन्दोलनको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिँदै पार्टीले आवश्यक परे आन्दोलनमा साथ दिने उल्लेख गरेको छ।
_HiVPx4Mf4f.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण