आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
फोटो

कहिले बन्ला चक्रपथको दोस्रो खण्ड ?

सोमबार, ०७ वैशाख २०८३, ११ : २२
सोमबार, ०७ वैशाख २०८३

काठमाडौँ । राजधानीको चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज) विस्तारका लागि नेपाल र चीनबिच सम्झौता भएको लामो समय बितिसक्दा पनि काम अघि बढ्न सकेको छैन।

 निर्माण कार्य सुरु नहुँदा स्थानीय बासिन्दा लामो समयदेखि वर्षामा हिलो र हिउँदमा धुलोको समस्या झेल्न बाध्य छन्।

यो खण्ड विस्तारका लागि २०७५ सालमै सम्झौता भएको थियो। दुई देशका प्रतिनिधिबीच सडक विस्तारमा सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुँदा ८.२ किलोमिटर लामो कलंकी–महाराजगञ्ज खण्डलाई समेटिएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उच्चस्तरीय चीन भ्रमणका क्रममा नेपाल र चीनबीच जारी १२ बुँदे संयुक्त वक्तव्यमा पनि काठमाडौँ चक्रपथ सुधार परियोजनाको दोस्रो चरण कार्यान्वयन गर्ने सहमति दोहोर्याइएको थियो। 

हाल कलंकीदेखि महाराजगञ्जसम्म सर्भिस लेन निर्माणको काम सुरु गरिए पनि मुख्य सडक विस्तारले भने अझै गति लिन सकेको छैन।

Ring Road_-385Ring Road_-386Ring Road_-387Ring Road_-388Ring Road_-389Ring Road_-390Ring Road_-391Ring Road_-392Ring Road_-393Ring Road_-394Ring Road_-395Ring Road_-396Ring Road_-397Ring Road_-398

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप