फिल्म ‘पहाड’ को पहिलो साताको कमाइ कति ?
सोमबार, ०७ वैशाख २०८३, १६ : ०२
सारांश
- तुलसी घिमिरे निर्देशित फिल्म 'पहाड' ले प्रदर्शनको पाँच दिनमा ४६ लाख ७६ हजार ६२७ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
- वैशाख १ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले विदेश पलायनका कारण गाउँमा परेको सामाजिक र आर्थिक प्रभावलाई प्रस्तुत गरेको छ।
काठमाडौँ । तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ ले ५ दिनमा ४६ लाख बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार फिल्मले शनिबारसम्म ४६ लाख, ७६ हजार ६२७ ग्रस कलेक्सन गर्न सफल भएको हो ।
नयाँ वर्षको अवसर पारेर वैशाख १ गते प्रदर्शनमा आएको फिल्मले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने निम्त्याएको सामाजिक र आर्थिक समस्यालाई चित्रण गरेको छ ।
भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, पञ्चमी घिमिरे, सलोना बज्राचार्य लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण