शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

अमेरिकी सहायक विदेश मन्त्रीले गरे उद्योगीहरूसँग छलफल

सोमबार, ०७ वैशाख २०८३, १९ : १५
सोमबार, ०७ वैशाख २०८३

काठमाडौँ । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री समीर पल कपुरले नेपालका उद्योगीहरुसँग छलफल गरेका छन्। 

सोमबार नेपाल आइपुगेका उनले विभिन्न उद्योगी संघ संगठनका प्रतिनिधिसँग छलफल गरेका हुन्।

छलफलमा नेपालको सूचना प्रविधि क्षेत्रमा अमेरिकी व्यापारिक अवसरहरू विस्तार गर्ने बारेमा उद्योगीसँग छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

डिजिटल पूर्वाधार, एआई, साइबर सुरक्षा र अमेरिकी प्रविधि कौशल साझा गर्ने तरिकाहरूको बारेमा पनि छलफल भएको बताइएको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप