मनी लाउन्ड्रिङ प्रकरण : ज्याकलिन सरकारी साक्षी बन्ने प्रयास विवादमा
सारांश
- बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले २०० करोडको मनी लाउन्ड्रिङ मुद्दामा सरकारी साक्षी बन्न दिल्लीको अदालतमा निवेदन दिएकी छिन्।
- प्रवर्तन निर्देशनालय (ईडी) ले ज्याकलिनको निवेदन अस्पष्ट र अपूर्ण रहेको भन्दै अदालतमा आपत्ति जनाएको छ।
- अदालतले ईडीलाई उक्त निवेदनबारे लिखित जवाफ पेश गर्न समय दिएको छ।
मुम्बई । २०० करोड भारतीय रुपैयाँको हाई-प्रोफाइल मनी लाउन्ड्रिङ (सम्पत्ति शुद्धीकरण) मुद्दामा नयाँ मोड आएको छ। चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले दिल्लीको पटियाला हाउस कोर्टमा निवेदन दिँदै आफूलाई यस मुद्दामा ‘अप्रुभल’ अर्थात् सरकारी साक्षी बनाउन माग गरेकी छिन्।
यो मुद्दा कुख्यात ठग सुकेश चन्द्रशेखरसँग जोडिएको छ, जसमाथि करोडौँको ठगी र सम्पत्ति शुद्धीकरणको आरोप लागेको छ। न्यूज एजेन्सी एएनआईका अनुसार ज्याकलिनले दिएको यो निवेदनमा प्रवर्तन निर्देशनालय (ईडी) ले अदालतमा आपत्ति जनाएको छ।
ईडीले अदालतसमक्ष ज्याकलिनको निवेदन अस्पष्ट र अपूर्ण भएको तर्क गर्दै जवाफ दिनका लागि थप समय माग गरेको छ। अदालतले ईडीको आग्रहलाई स्वीकार गर्दै लिखित जवाफ पेश गर्न समय दिएको छ। यदि अदालतले ज्याकलिनलाई सरकारी साक्षी बन्न अनुमति दिएमा उनी अभियुक्तको सूचीबाट हटेर सरकारी पक्षको मुख्य साक्षीका रूपमा प्रस्तुत हुनेछिन्।
ज्याकलिनले आफू अनुसन्धान एजेन्सीहरूलाई पूर्ण सहयोग गर्न तयार रहेको र यस प्रकरणको सत्यतथ्य बाहिर ल्याउन मद्दत गर्न चाहेको दाबी गरेकी छिन्। यसअघि पनि उनले सुकेशको आपराधिक पृष्ठभूमिको बारेमा आफूलाई जानकारी नभएको र आफूलाई भ्रममा पारेर फसाइएको बताउँदै आएकी थिइन्। यद्यपि, अनुसन्धान एजेन्सीहरूले सुकेशले ठगी गरेको रकमबाट ज्याकलिनलाई महँगा उपहारहरू दिएको दाबी गर्दै आएका छन्।
यो सम्पूर्ण प्रकरण करिब २०० करोड रुपैयाँको ठगीसँग सम्बन्धित छ, जहाँ सुकेश चन्द्रशेखरले हाई-प्रोफाइल व्यक्तिहरूलाई निशाना बनाएर अवैध रूपमा धन सङ्कलन गरेको आरोप छ। ज्याकलिन लामो समयदेखि यस मुद्दामा सोधपुछ र कानुनी झमेलाको सामना गरिरहेकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेमा नेपालगन्ज म्याराथनलाई प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ प्रदान
-
मुस्ताङमा चक्रपथ निर्माण
-
ऊर्जामन्त्रीद्वारा मर्स्याङ्दी विद्युत गृहको निरीक्षण
-
दक्षिण भारत यात्राका स्मृतिहरू
-
पुरुषमा पनि बढ्दै थाइराइडको जोखिम : यी लक्षण देखिए नगर्नुस् बेवास्ता
-
जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय रंगशाला बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण