विधेयक पेस गर्ने र विरोधको सूचना दिने समय परिवर्तन
सारांश
- प्रतिनिधि सभामा विधेयक प्रस्तुत गर्ने र विरोधको सूचना दिने समयसीमामा हेरफेर गरिएको छ।
- नयाँ मस्यौदाअनुसार विधेयक प्रस्तुत गर्ने र विरोध गर्ने सूचनाका लागि पहिलेको भन्दा बढी समय प्रस्ताव गरिएको छ।
काठमाडौँ । प्रतिनिधि सभामा विधेयक प्रस्तुत गर्ने र विधेयकमाथि विरोध गर्ने सूचना दिने समय परिवर्तन गरिएको छ ।
प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदामा यसअघिको प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली २०७९ भन्दा फरक समय प्रस्ताव गरिएको हो।
०७९मा नियम १०५ मा कुनै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोध गर्न चाहने सदस्यले त्यसको सूचना प्रस्ताव प्रस्तुत गर्ने दिनभन्दा एक दिन अगावै सचिवलाई दिनु पर्ने व्यवस्था थियो । अहिलेको मस्यौदामा २ दिन राखिएको छ।
त्यस्तै विधेयक प्रस्तुत गर्ने अनुमतिको सूचना दिएको ७ दिनपछिको बैठकमा विधेयक प्रस्तुत गर्ने अनुमतिको प्रस्ताव सभामा पेस गर्न सक्ने व्यवस्था ०७९ को नियमावलीमा रहेकोमा अहिलेको मस्यौदामा ९ दिन राखिएको छ।
सरकारी विधेयकको हकमा ०७९ को नियमावलीमा ५ दिन अघि सूचना दिन सकिने व्यवस्था राखिएकोमा अहिलेको मस्यौदामा ७ दिन राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण