उदयपुरमा आगलागी, दुई जना महिला घाइते
सारांश
- उदयपुरगढी गाउँपालिकामा मंगलबार साँझ घरमा पोखिएको तारपिन तेलमा आगो सल्किँदा दुई महिला घाइते भएका छन् ।
- आगलागीमा परी ४९ वर्षीया साबित्रा मगर र उनलाई बचाउन खोज्ने छिमेकी ४१ वर्षीया विष्णु मगर घाइते भएका हुन् ।
- घाइते दुवै जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकामा मंगलबार साँझ आगलागी हुँदा दुई जना महिला घाइते भएका छन् । घरमा पोखिएको तारपिन तेलमा बिडीको आगो सल्किँदा भएको उक्त घटनामा परी घाइते भएका दुवैको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरगढी गाउँपालिका–८ चोरुम्फाकी ४९ वर्षीया साबित्रा मगरले आफ्नै घरमा बिडी सल्काउने क्रममा आगलागी भएको हो । बच्चाले खेल्दा भुईँमा पोखिएको तारपिनको तेलमा बिडीको आगो सल्किएपछि साबित्रा आगोको चपेटामा परेकी थिइन् । आगलागीबाट उनको दुवै हात, दुवै खुट्टा र कम्मर पछाडिको भाग गरी करिब ४० प्रतिशत शरीर जलेको प्रहरीले जनाएको छ ।
सावित्राको घरमा आगो लागेको देखेपछि निभाउन पुगेकी छिमेकी ४१ वर्षीया विष्णु मगर पनि घाइते भएकी छन् । आगो निभाउने प्रयास गर्दा उनको दुवै हात र खुट्टामा गरी करिब १० प्रतिशत जलन भएको छ ।
साँझ करिब ७ः५० बजे घटनाको जानकारी पाए लगत्तै अस्थायी प्रहरी पोस्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण