कर्णाली नदीमा पौडी खेल्ने क्रममा बालक बगेर बेपत्ता
बुधबार, ०९ वैशाख २०८३, ०८ : ५७
सारांश
- मुगुको कर्णाली नदीमा पौडी खेल्ने क्रममा ५ वर्षीय बालक आयुष्मान नेपाली बगेर बेपत्ता भएका छन्।
- घटनाको जानकारी पाएपछि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बालकको खोजी कार्य जारी राखेको छ।
सुर्खेत । कर्णाली नदीमा पौडी खेल्ने क्रममा बगेर मुगुमा एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा छायानाथ रारा नगरपालिका—१३ रुगा गाउँ बस्ने सूर्य नेपालीको ५ वर्षीय छोरा आयुष्मान नेपाली रहेका छन् ।
उनी मंगलबार भुगाडे भन्ने स्थान नजिक कर्णाली नदीमा पौडी खेल्ने क्रममा अचानक नदीको तीव्र बहावमा परि बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।उनी बगेको स्थानीय राजेश लावडले अस्थायी प्रहरी बिट बसपार्कमा जानकारी गरेका थिए ।
त्यस पश्चात् तत्काल अस्थायी प्रहरी बिट बसपार्कबाट ४ बजेतिर प्रहरी हवल्दार दीपक सिङ्गको कमाण्डमा प्रहरी र सशस्त्र प्रहरी बलको गरी १५ जनाको संयुक्त सुरक्षा टोली घटनास्थलतर्फ गएर खोजी कार्य भइरहेको छ ।
यद्यपि अझै उनको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
-
६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई
-
सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पत्ति जोखिममा पर्यो : सिभिल सहकारी पीडित
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण