गर्भवती मृत्यु प्रकरण : दुई जना चिकित्सकसहित ५ जना प्रहरीको नियन्त्रणमा
सारांश
- बुटवलको इन्दु लेखा स्वास्थ्य क्लिनिकमा गर्भपतनका क्रममा २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको छ।
- घटनाको अनुसन्धानका लागि प्रहरीले दुई चिकित्सकसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।
- मृतकका पतिले चिकित्सकको गम्भीर लापरबाही भएको भन्दै पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।
काठमाडौँ । बुटवलस्थित इन्दु लेखा स्वास्थ्य क्लिनिकमा गर्भवतीको मृत्यु भएको घटना अनुसन्धानको लागी प्रहरीले दुई जना चिकित्सकसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । गर्भपतनको क्रममा वैशाख ६ मा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको थियो ।
सो घटनामा जोडिएका बुटवल स्थित खत्री नर्सिङ होमका सञ्चालक समेत रहेका डा. डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकमा कार्यरत दुई जना महिला र एकजना पुरुष नर्सिङ स्टाफ छन् । ३ जनालाई अनुसन्धानको लागि पक्राउ गरिएको र दुई जना चिकित्सक आफैँ प्रहरीको सम्पर्कमा आएका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले रातोपाटीलाई बताए ।
मृतकका पति प्रकाश पाण्डेले गीताको मृत्युमा आर्थिक लाभको उद्देश्य राखेर चिकित्सकले गम्भीर लापरबाही गरेको आरोप लगाएर डा. खत्री र रुपाखेतीसहित पाँच जना विरुद्ध किटानी जाहेरी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी श्रीवास्तवले बताए ।
डा. डीबी खत्रीले गर्भपतन गराउन इन्दु लेखामा जान सल्लाह दिएको पीडित पक्षको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण