‘राजा शिवाजी’को नेपाल रिलिज पक्का, प्रदर्शनअघि विशेष शो
सारांश
- बलिउड अभिनेता रितेश देशमुखको ड्रिम प्रोजेक्ट फिल्म 'राजा शिवाजी' नेपालमा पनि प्रदर्शन हुने पक्का भएको छ।
- फिल्म प्रदर्शन हुनुअघि काठमाडौंमा भारतीय दूतावासका प्रतिनिधि, सञ्चारकर्मी र कलाकारहरूको उपस्थितिमा विशेष शो आयोजना गरिनेछ।
- छत्रपति शिवाजी महाराजको जीवनीमा आधारित यो फिल्म आगामी मे १ (वैशाख १८ गते) देखि नेपालका सिनेमा हलहरूमा प्रदर्शनमा आउनेछ।
मुम्बई । बलिउड अभिनेता रितेश देशमुखको ‘ड्रिम प्रोजेक्ट’ मानिएको फिल्म ‘राजा शिवाजी’ नेपालमा पनि रिलिज हुने भएको छ । फिल्मको नेपालका लागि आधिकारिक वितरक नेओम फिल्म्सका कश्यप नरेन्द्र वेद र नवीन उदासले फिल्म भारतसँगै नेपालमा पनि रिलिज हुने जानकारी दिए । उनीहरूका अनुसार फिल्म रिलिज अघि विशेष प्रदर्शनी हुनेछ । जसमा भारतीय दूतावासका प्रतिनिधिहरू, नेपाली सञ्चारकर्मी र सेलिब्रेटीहरूको सहभागी रहनेछ ।
‘साहस, नेतृत्व र स्वराजका प्रतीक छत्रपति शिवाजी महाराजको जीवन र दृष्टिकोणलाई नेपालमा प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ’, वितरक कश्यप नरेन्द्र वेदले भने ‘यो केवल एउटा फिल्मको प्रदर्शन मात्र नभई भारत र नेपालबिचको गहिरो सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई थप बलियो बनाउने माध्यम पनि हो। दुवै राष्ट्रको वीरताको साझा इतिहास र आध्यात्मिक मूल्यमान्यताले पुस्ताौँदेखि हामीलाई प्रेरित गर्दै आएको छ ।’ वितरक वेदले फिल्मको महत्वलाई ध्यानमा राख्दै सिनेमा हलहरूलाई धेरै सो उपलब्ध गराउन समेत आग्रह गरेका छन् ।
मराठा साम्राज्यका संस्थापक छत्रपति शिवाजी महाराजको जीवनमा आधारित यस फिल्मलाई अभिनेता रितेश आफैँले निर्देशन गरेका हुन् भने मुख्य भूमिकामा पनि उनी स्वयं देखिएका छन् । फिल्ममा रितेशका साथै जेनेलिया देशमुख, सञ्जय दत्त, विद्या बालन, अभिषेक बच्चन र महेश मान्जरेकर जस्ता दिग्गज कलाकारहरूको अभिनय छ ।
विशेष कुरा त के छ भने, रितेशका कान्छा छोरा राहिल देशमुखले यस फिल्ममा छत्रपति शिवाजी महाराजको बाल्यकालको भूमिका निर्वाह गर्दै अभिनयमा डेब्यु गरेका छन् । रितेश देशमुखले शिवाजी महाराजको साहस, बुद्धिमत्ता र गरिमालाई निकै गहिराइमा पुगेर जीवन्त रूपमा प्रस्तुत गरेको समेत बताए ।
जियो स्टुडियोज, ज्योति देशपाण्डे र जेनेलिया डिसुजाले निर्माण गरेको फिल्म आगामी मे १ (वैशाख १८ गते) देखि नेपालमा प्रदर्शनमा आउनेछ । मिडिया रिपोर्टका अनुसार फिल्मको बजेट १०० करोड भारतीय रुपैयाँभन्दा बढी रहेको छ । रितेश देशमुखले निर्देशन गरेको यसअघिको मराठी फिल्म ‘वेड’ व्यावसायिक रूपमा निकै सफल भएको थियो, जसका कारण ‘राजा शिवाजी’ प्रति दर्शकको ठुलो अपेक्षा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
-
यशोदा बराल बोल्दैगर्दा किन उठिन् आशिका ?
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण