काठमाडौँ विश्वविद्यालयमा छात्रवृत्ति वितरणमा विभेदको आरोप : प्रश्न उठाउँदा ‘रजिष्ट्रेसन’ रोकियो
सारांश
- काठमाडौँ विश्वविद्यालयमा छात्रवृत्ति वितरण प्रक्रियामा विभेद भएको आरोप विद्यार्थी भानु पोखरेलले लगाएका छन्।
- छात्रवृत्तिबारे प्रश्न उठाउँदा विश्वविद्यालय प्रशासनले आफ्नो रजिष्ट्रेसन रोक्ने धम्की दिएको उनले बताएका छन्।
- पोखरेलले निष्पक्ष छानबिन र न्यायका लागि विश्वविद्यालय अनुदान आयोगमा निवेदन दिएका छन्।
धुलिखेल । काठमाडौँ विश्वविद्यालय (केयु) अन्तर्गत स्कुल अफ इन्जिनियरिङमा अध्ययनरत एक विद्यार्थीले छात्रवृत्ति छनोट प्रक्रियामा विभेद भएको र यसबारे प्रश्न उठाउँदा विश्वविद्यालय प्रशासनले समस्या खडा गरेको आरोप लगाएका छन्।
'मास्टर्स इन हेल्थ इन्फर्मेटिक्स’ प्रथम वर्षमा अध्ययनरत रुकुमका विद्यार्थी भानु पोखरेलले विश्वविद्यालय अनुदान आयोगमा उजुरी दिँदै आफूमाथि अन्याय भएको बताएका हुन्।
पोखरेलले आफूले विश्वविद्यालय अनुदान आयोगको ’फर्मुला फन्डिङ छात्रवृत्ति’का लागि आवेदन दिएको बताए । उक्त छात्रवृत्ति विशेष गरी आवश्यकतामा आधारित हुने भए पनि छनोट प्रक्रियामा काठमाडौँ र धुलिखेल आसपासका सुगम क्षेत्रका विद्यार्थीहरूलाई प्राथमिकता दिइएको उनको दाबी छ।
कर्णाली प्रदेशको दुर्गम जिल्ला रुकुमबाट आएको र पारिवारिक अवस्था समेत कमजोर रहेको आफूलाई उपेक्षा गरेर पहुँचका आधारमा छात्रवृत्ति वितरण गरिएको उनले आरोप लगाएका छन्।
’मैले अन्तर्वार्ता दिएका ५ जनामध्ये ४ जनाको नाम निस्कियो, तर मेरो निस्किएन । जबकि म दुर्गमको कोटा र आवश्यकताका हिसाबले योग्य थिएँ,’ पोखरेलले भने। यसबारे बुझ्न विभाग र डिनको कार्यालयमा पटक–पटक जाँदा आफूलाई आधिकारिक जवाफ दिनुको सट्टा उल्टै मानसिक तनाव दिने काम भएको उनको गुनासो छ ।
पोखरेलले भने, 'अझ गम्भीर कुरा त के छ भने, भर्ना भएर चार महिना पढिसकेपछि अहिले आएर मेरो रजिष्ट्रेसन नै नगरिदिने सङ्केत गरिएको छ। रजिष्ट्रेसनमा समस्या आउन सक्छ भन्दै मलाई घुमाउरो पारामा धम्की दिइएको छ।’
विश्वविद्यालयले रजिष्ट्रेसन म्याच नभएको जस्ता बहाना बनाएर आफूलाई अप्ठ्यारोमा पार्न खोजिएको उनको भनाइ छ ।
विश्वविद्यालय प्रशासनको यस्तो व्यवहारले आफूलाई मानसिक रूपमा विक्षिप्त बनाएको भन्दै उनले विश्वविद्यालय अनुदान आयोगमा आवश्यक छानबिन र न्यायका लागि निवेदन दिएका हुन्। उनले छात्रवृत्ति वितरण प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठाउँदै सम्भावित विभेदबारे निष्पक्ष निर्णय गरिदिन माग गरेका छन्।
यो विषयमा बुझ्न खोज्दा विश्वविद्यालयका सम्बन्धित अधिकारीहरू सम्पर्कमा आएनन् । पोखरेलले भने आफू अन्यायमा परेको भन्दै न्यायका जहाँसकुै ढोका ढकढक्याउन तयार रहेको बताए।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरल्याण्ड्सलाई सुरुवाती अग्रता, ब्रायन ब्रोबीले गरे गोल
-
लागूऔषधसहित सासु बुहारी पक्राउ
-
नेदरल्याण्ड्स र स्विडेन भिड्दै, अघिल्लो चरणको समीकरणका लागि दुवैलाई जितको दबाब
-
एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम
-
बोलिभियामा सङ्कटकालको घोषणा
-
इजरायली नागरिक भन्छन्ः हामीलाई राष्ट्रपति ट्रम्पले धोखा दिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण