बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भदौ २३ र २४ गतेको घटनाबारे जनतालाई बुझाउन सकेनौँ : महासचिव पोखरेल

‘एमालेका नेताहरूकोजति इमान अरू कसैकाे छैन’
बुधबार, ०९ वैशाख २०८३, १५ : ४७
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले भदौ २३ र २४ गतेको घटनाबारे जनतालाई बुझाउन नसक्नु नै निर्वाचनमा पार्टीले धक्का खानुको मुख्य कारण भएको बताएका छन्।
  • उनले भदौ २३ र २४ गतेको घटनालाई फागुन २१ को निर्वाचनसँग जोड्दै सो घटनाले लोकतान्त्रिक आन्दोलन र संविधानमाथि चुनौती खडा गरेको दाबी गरेका छन्।

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले फागुन २१ को निर्वाचनमा आफ्नो पार्टीले गत भदौ २३ र २४ प्रतिगामी घटनाबारे जनतालाई बुझाउन नसक्नु कमजोरी भएको बताएका छन् । 

बुधबार पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगामी घटनाबारे जनतालाई बुझाउन नसक्दा निर्वाचनमा धक्का खान परेको बताए । 

‘आम निर्वाचन २०८२ मा पार्टीले अनपेक्षित परिणाम बेहोर्नुपरेको छ । त्यसका पछाडि भदौ २३ र २४ को घटनाले नेपालको कम्युनिस्ट आन्दोलनमात्र होइन, लोकतान्त्रिक आन्दोलन, संविधान र नेपालको सम्प्रभुतामाथि नै गम्भीर चुनौतीहरू खडा गरेको छ’, महासचिव पोखरेलले भने, ‘सोही कारण हामीले पार्टीका तर्फबाट त्यो घटना अग्रगमनतर्फको बाटो होइन, प्रतिगमनतर्फको बाटो भएकाले प्रतिनिधि सभा पुनर्स्थापनाको मान्यता अघि सार्‍यौँ ।’

महासचिव पोखरेलले तर यो सच्चाइलाई एमालेबाहेक कसैले आत्मसात् गर्न नसकेको बताए । पोखरेलले भदौ २३र २४ को दोस्रो भाग फागुन २१ को चुनाव भएको पनि दाबी गरे । ‘भदौ २३ र २४ को घटनाको भाग २ फागुन २१ को चुनाव हो’ पोखरेलले भने, ‘चुनावी परिणाम यस्तो आउनुमा भदौ २३ र २४ को घटनाबारे जनतालाई बुझाउन नसेको हो ।’ 

उनले देशभक्त र प्रगतिशील सत्ताका विरुद्ध गोयवल्स शैलीबाट भ्रम सिर्जना गर्दै लोकप्रियतावाद र अराजकतावाद फैलाउने प्रयासहरू हुँदै आएको भन्दै कार्की आयोगको प्रतिवेदनका आधारमा पार्टी अध्यक्षलाई गैर कानुनी गिरफ्तार गरे पनि मुद्दा चलाउने प्रमाण नुहुनुबाटै भदौ २३ गते षडयन्त्र भएको भनेर बुझ्न सकिने बताए । 

उनले निर्वाचनबाट सफलता हासिल गरेकालाई बधाई र शुभकामना दिएको भन्दै छोटो समयमै दृश्यहरू जसरी बाहिर आएकाले आफूहरूले गरेका आशङ्का पुष्टि हुँदै आएको बताए । 

‘हाम्रा नेताहरूको सम्पत्ति पनि जाँचबुझ गरौँ र अहिले सरकारमा रहेकाहरूको सम्पत्ति सार्वजनिक भएका छन् तिनको पनि गरौँ’, उनले भने, ‘सुशासनका मामिलामा एमालेका नेताहरुकोजति इमान अरू कसैकाे छैनन् भन्ने कुरा तथ्यले बताउँछ ।’

गलत सुचनाका कारण जनताहरू एमालेको विपक्षमा गएको भन्दै पोखरेलले अब नयाँ शिराबाट कम्युनिस्ट आन्दोलनलाई अघि बढाइछाड्ने दाबी गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप