लागुऔषध सेवनमा तानिए पाकिस्तानी स्टार मोहम्मद नवाज
काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीका अलराउन्डर मोहम्मद नवाज प्रतिबन्धित लागुऔषध (रिक्रिएशनल ड्रग्स) प्रयोगको आरोपमा अनुसन्धानको घेरामा परेका छन् ।
हालै सम्पन्न टी–२० विश्वकपका दौरान गरिएको परीक्षणमा उनको नतिजा पोजिटिभ आएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई यसबारे जानकारी गराएको हो ।
यो खुलासासँगै नवाजको व्यावसायिक करियरमा ठुलो धक्का लागेको छ। विश्वकपमा पाकिस्तानका लागि सबै सात खेल खेलेका ३२ वर्षीय नवाजले सो प्रतियोगितामा ७ विकेट लिनुका साथै १५ रन बनाएका थिए ।
श्रीलङ्कामा भएको उक्त प्रतियोगिताकै क्रममा उनको नमुना सङ्कलन गरिएको बुझिएको छ। पीसीबीका प्रवक्ताले बुधबार यसबारे पुष्टि गर्दै आईसीसीबाट जानकारी प्राप्त हुनासाथ बोर्डले आवश्यक कानुनी प्रक्रिया सुरु गरिसकेको बताएका छन्। बोर्डले आफ्नो अनुसन्धानको प्रतिवेदन आजै आईसीसीलाई बुझाउने तयारी गरेको छ ।
यो विवादकै कारण नवाजले इंग्ल्यान्डमा हुने प्रतिष्ठित टी–२० ब्लास्ट खेल्ने अवसर गुमाएका छन्। उनले इंग्लिस काउन्टी क्लब सर्रेसँग यस सिजनका लागि सम्झौता गरिसकेका थिए र दुई हप्ताअघि मात्रै पीसीबीले उनलाई खेल्नका लागि अनुमति पत्र (एनओसी) समेत दिएको थियो।
सर्रेले यो हप्ता उनको नाम औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरे पनि लागुऔषध प्रकरण बाहिरिएपछि सम्झौता रद्द भएको छ। यसबारे सर्रे क्लबले आधिकारिक रूपमा कुनै टिप्पणी गर्न भने अस्वीकार गरेको छ ।
नवाज हाल पाकिस्तान सुपर लिग (पीएसएल) मा मुल्तान सुल्तान्सबाट खेलिरहेका छन्। मङ्गलबार राति भएको खेलमा पनि उनले रावलपिन्डी विरुद्ध तीन ओभर बलिङ गरेका थिए ।
९८ वटा अन्तर्राष्ट्रिय टी–२० खेलको अनुभव बटुलेका नवाज जस्तो स्थापित खेलाडी लागुऔषध प्रकरणमा तानिनुले पाकिस्तानी क्रिकेट वृत्तमा तरङ्ग पैदा गरेको छ। यदि उनी दोषी ठहरिएमा आईसीसीको नियम अनुसार उनीमाथि निश्चित समयको प्रतिबन्ध लाग्न सक्ने सम्भावना छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण